दुई नयाँ दललाई निर्वाचन आयोगमान्यता दियो

दुई नयाँ दललाई निर्वाचन आयोगमान्यता दियो

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरनेतृत्वको नयाँ पार्टीलाई प्रमाणपत्र दिएको छ।एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई आयोगले हिजो राति प्रमाणपत्र प्रदान गरेको हो।

प्रमाणपत्र प्राप्त गरेसँगै अब दुबै नयाँ दलले मान्यता पाएका छन् । दल विभाजनका लागि ल्याएको अध्यादेशअनुसार दुवै पार्टीले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पु¥याएपछि आयोगले प्रमाणपत्र दिएको हो।

निर्वाचन आयोगले हिजो नेपाल र ठाकुर दुवै पक्षलाई आयोगमा सनाखतका लागि बोलाएको थियो। पार्टी विभाजन गरी समाजवादी पार्टी गठन गर्न एमालेका ५४ जना केन्द्रीय सदस्य र ३० जना सांसदले सनाखत गरेपछि आयोगले नयाँ पार्टीको मान्यता दिएको हो।

दल विभाजनका लागि साविक एमालेका ५८ जना केन्द्रीय सदस्य र ३१ जना सांसदले भदौ २ गते निर्वाचन आयोगमा आवेदन दिएका थिए। त्यसमध्ये आयोगले ५५ जनाको नाम सनाखतका लागि सार्वजनिक गरेको थियो।

नयाँ दल बन्नका लागि ४१ जना मात्रै केन्द्रीय सदस्य आवश्यक पर्ने अवस्थामा माधव नेपाल नेतृत्वको समाजवादीका पक्षमा १३ जना बढी केन्द्रीय सदस्य उपस्थित भएका हुन्।झलनाथ खनाल बाहेक अरु सबै सांसदले आयोगमै उपस्थित भइ विभाजनको पक्षमा सनातखगरेका थिए।

खनाललाई दूतावासमार्फत भर्चुअल माध्यमबाट सनाखत गराइएको हो।महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी बनाउन साविक जसपाको १४ जना सांसद र १७ जना केन्द्रीय कार्याकारिणी परिषदका सदस्य उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार