चीन–नेपाल रेलमार्ग जोड्न सगरमाथा क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव

चीन–नेपाल रेलमार्ग जोड्न सगरमाथा क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव

नेपाललाई रेलमार्गसँग जोड्न संरक्षित क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव चिनले गरेको छ।चीन–नेपाल महत्वाकांक्षी रेलमार्ग परियोजनामा आवद्ध एक वरिष्ठ चिनियाँ इन्जिनियरले विश्वको सर्वोच्च शिखर सगरमाथा वरिपरीबाट रेलमार्ग निर्माण गर्नु बाहेकको उपयुक्त विकल्प नदेखिएको बताएका छन्।

रेलमार्गले दुई देशलाई जोड्न सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव दुवै देशका सरकारलाई भने पठाउन बाँकी रहेको साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टमा जनाइएको छ। विज्ञको अन्तिम सिफारिससहितको प्रस्तावमा रेलमार्गको चुनौतिहरूको बिरूद्ध पर्याप्त र दृढ अडान समेटिने छन् ।

गत बुधबार रेलवे स्ट्यान्डर्ड डिजाइन जर्नलमा प्रकाशित रिपोर्ट उधृत गर्दै पोस्टले दुई देशहरू बीचको हजार किलोमिटर सीमामा रेलको लागि ६ वटा मार्ग प्रस्ताव गरिएको जनाएको छ। जसमध्ये संरक्षित क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जमा ३० किलोमिटर सुरुङ खनेर चीन–नेपाल जोड्ने विकल्पलाई उत्तम मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार