राष्ट्रको विशिष्ट उद्देश्य प्राप्त गर्नको निमित्त गरिने अग्रगामी परिवर्तनलाई विशेषतः राजनीति भनिन्छ ।
राजनीति भनेको राज्यको मूल नीति हो । राज्य चलाउने साधन हो । कुनै पनि राज्यको आकार एवं संरचना राजनीतिले नै तय गर्ने गर्दछ । भनिन्छ कलिला बालबालिकामा देश भेटिन्छ । महिलाको अनुहारमा देश झल्किन्छ । वृद्ध भएका बुबा आमाका गालामा देशका सीमाना भेटिन्छ । देश भेटाउने र छाम्ने नीति नै राजनीति हो ।
विभिन्न सम्प्रदाय, सहर वा देश जस्ता समुहहरूले राजनीति मार्फत सहमति कायम गर्दछन् । ठूला समुहहरू, जस्तै देशहरूमा त्यस्ता समझदारीका लागि केही मानिसहरूले निक्कै समय खर्च गर्दछन् । त्यस्ता मानिसरूलाई राजनेता (वा नेता) भनिन्छ ।
पहिला पहिला धर्मलाई अफिमको संज्ञा दिइने गरिएको पाइन्थ्यो हफसोच हिजोआज राजनीति अफिम भएको पाइन्छ । हिजोआज घरनीति नबुझेकाहरु राजनीतिमा हुमिएका छन् । घरनीति नबुझेकाहरुले कसरी राजनीति बुझ्छन् ? घर मिलाउन नसक्नेहरुले कसरी देश मिलाउलान् र ?
वषौं वर्ष भयो नेपालामा राजनीतिक अस्थिरता कायमै रहेको छ । यी सबै कुराहरू देख्ने भोग्ने हामी भाग्यमानी पुस्ता । हामीले अमूल्य समयलाई पलपल विनाश गरिरहेका हुन्छौं । विदेशमा समयलाई पैसाको रुपमा बुझ्छन् मान्छेहरु । अधिकांस नेपाली युवा जनशक्तिहरु त्यही पैसा आय आर्जन गरेर शुखसयलको जीवन यावन गर्नकै निमित्त विदेश पलायन हुन्छन् । नेपालमा जबसम्म समयलाई बुझ्न र बुझाउन सकिँदैन तबसम्म बेरोजगारीले दुख्ने घाउ कहिल्यै पनि निको हुनेवाला छैन ।
राजनीतिले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन बाहेक सबै ग¥र्यो÷ग¥याछ । त्यसैले राजनीति बलवान छ ।
स्वभावले नै मानिस स्वतन्त्र भएर जन्मन्छ । स्वतन्त्र भएर नै बाँच्न चाहान्छ, स्वतन्त्रै भएर मर्न चाहन्छ ।
शिक्षाविद् एवं प्रकृतिविद् रुसोले भनेका छन् ‘‘पुस्तहरु च्यातिदेऊ, बिद्यालयका पर्खालहरु भत्काइदेऊ र विद्यार्थिहरु लगेर प्रकृतिको काखमा छोडिदेऊ’’ । यो भनाइले पुष्टि हुन्छ कि, मानिसहरु कति स्वतन्त्र भएर बाँच्न चाहन्छन् भन्ने कुरा ।
सोही बमोजिम लोकतन्त्रको मुख्य आशय पनि त्यही हो की शासन व्यवस्थामा जनताहरु स्वतन्त्र हुन पाउन । उनीहरुका माग तथा समस्याहरुलाई उचित मान सम्मानका साथ हल गरिन्छ । यो व्यवस्थामा जनता हक अधिकारहरु सुरक्षित हुन्छन् भनिन्छ । यो शासन प्रर्णालीमा जनता मालिक हुन्छन् । उनीहरुका माग र उचित प्रकारका अधिकारलाई कुण्ठित गर्ने चेष्टा पनि गरिदैन, यदि यसो गरियो भने ऊ कानूनको कठघारामा उभिन बाध्य हुन्छ । जनताको मौलिक अधिकारहरु लोकतन्त्रमा सुरक्षीत र ग्यारेन्टी गरिएको हुन्छ । यो नै लोकतन्त्रको मुल मान्यता हो । लोकतन्त्र ल्याउनको लागी नेपाली जनताको लगानी को के हिसाब किताब गर्नु ?
नेपाली रानीतिक दलका प्राय ठूला भनाउँदा नेताहरुले जेलको चिसो हावा खाए । तर चिसो हावा खान त खाए, के कारणले खाए ? नेपाली जनताका अधिकार हनन् भए । १२ बुँदे दिल्ली समझदारी पश्चात नेपालमा दोस्रो जनआन्दोलन भयो । त्यसको फलतः २०६३ साल बैशाख ११ गते राती ११ बजे पूर्व राजा ज्ञानेन्द्रले शाही घोषणा गरी जनताको नासो जनतालाई नै फिर्ता गरेका थिए । त्यसैको उपज हो लोकतन्त्र ।
अन्तत् पुनः भएको १९ दिने जनआन्दोलनले जोडबलले राजतन्त्रलाई नै पाखा लगायो । त्यसैको फलस्वरुप नेपालमा लोकतन्त्रको जायजन्म भयो ।
लाखौं–लाख सर्वसाधारण जनताहरु सडकमा ओर्लिए, हजारौं–हजार जनताहरु घाइते भए, हजारौं–हजार अंगभंग भए केही जनताहरु वीर सहीद पनि भए । तिनै सहिद कै त्याग, तपस्या, रगत र बलिदानको भरमा भित्रिएको हो लोकतन्त्र ।
नेपालमा पटक–पटक जनताले सरकार परिर्वतन भएको बाहेक अरु खासै केही परिवर्तन भएको चस्मदिद आँखाले देख्न र अनुभूति गर्न पाएका छैनन् ।
नेपालमा जसरी सरकार परिर्वत भएको भएकै छ त्यसरी नै अन्य क्षेत्रमा परिवर्तन भएको भए आजको नेपाल कहाँ हुने थियो ? नेपालले विकास र समृद्दिके चुली नाघि सक्ने थियो । हुन पनि हो वास्तवमै जताततै लाभको नाममा हत्या, हिंसा, बलत्कार, याताना, अपहरण, कुटपिट, ठगी, धुर्ताई, गुडागर्दि, कालोबजारी, भ्रष्टाचार जस्ता अमानवीय घटनाक्रमहरुले गर्दा सर्वसाधारण जनताहरुले चरम दुःख सास्ती भोगीरहेका छन् ।
राजनीतिको आड लिएर समाजमा अराजकता, अमानवीयता, अनियमितता, र भ्रष्टाचार जस्ता घटनाहरुले उचित प्रकारको मल जल पाएको कुरा ‘इतिहास’ हामी अगाडी साक्षी छ ।
केही मानिसहरु अपहरणमा परि फिरौती तिरेर निस्केर बाँच्न सफल भए । फिरौती रकम दिन नसक्नेहरुको अनाहकमा ज्यान गयो । कयौंको सिन्दुर पुछियो । कयौं बालबालिकाहरु टुहुरो बन्न पुगे । बिचारा निर्दोषहरुको के गल्ती थियो र ?
गल्ती त तिनै राजनितीको आड लिएर उपहास गर्ने र नागरिकहरूको जनधनको सुरक्षा गर्न नसक्नेको हो ।
आम सर्वसाधारण जनताले दुःख सास्ती भोग्नु भोगेको छन् र प्रसय पनि पाएका छन् । राजनीतिलाई सुधारनीतिमा लगिएन भने साँच्चै मुलुकमा थप जटिलता थपिने कुरामा शायद दुई मत नहोला ।
पछिल्लो समयमा नेपाली आकाशमा राजनीतिको आशाका किरणहरु नछरीएका पनि होइनन् । अफसोच ति आशाका किरणहरु पनि निरासामा बदलिएको जनताले आभाष गरिरहेका छन् ।
विगतमा नेताहरुले एक अर्कालाई गाली, गलौच, असहमति, असमझदारी , बेइमेलको राजनीति गरेर बिताए जसको फाइदा पुग्यो गुण्डा गर्दि र भष्टाचार गर्नेहरुलाई । त्यही भएर होला सोझा साझा जनताहरु, श्रमजिवी पत्रकारहरु, विद्यार्थीहरु, कर्मचारीहरु, उद्योग व्यवसायीहरु लगायत कोही पनी सुरक्षीत भएको आभास गरेनन् । यो स्थिती अहिलो पनि विद्य्यमान छ ।
हामीले चुनाव मार्फत छानेर पठाएका सभासदहरु पासपोर्ड काण्ड, अपहरण काण्ड, हत्या काण्ड, बलात्कार कण्ड, कालोबजारी काण्ड, र भ्रष्टाचार जस्ता जघन्य अपराधीक घटनाहरुमा नमुछिएका भने होइनन् । यस्ता काण्डहरु हावी भए । उक्त कार्यहरू हाल पनि भइरहेका छन् ।
फलतः राजनीतिक पार्टीको चाकडी गर्ने, चाप्लुसी गर्ने, गुण्डागर्दी गर्नेहरुका लागि राजकिल्ल्ला भयो ।
जो सर्वसाधारण जनताहरुका सामान्य मागहरु जस्तै गाँस, बास, कपास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका लागि लडिरहेका छन्, पिल्सीरहेका छन्, अन्याय, अत्याचार, कुरीति र दाबाबमा बाँचेका छन् तिनीहरुका लागी यो लोकतन्त्र÷गणतन्त्र नभै हैरानीतन्त्र नै भएको छ ।
फलतः नेपालमा हालसम्म पनि शान्ति, सुरक्षाको सामाजन्य रूपमा पिन अनुभूति हुन पाएन । मानिसहरु जुन स्थानमा पिल्सिएका थिए, त्यो स्थानबाट अझै सिँढी चढ्न सकेका भने छैनन् ।
पछिल्लो समय नेपाली युवा शक्ति विदेशिने वक्र रेखाको ग्राफ पनि डरलाग्दो रूपमा माथि चढेको अवस्था छ । स्वदेशमा दक्ष युवा जनशक्तिको माग छ, अफसोच, भएका केही उद्योग कलकारखानाको अवस्था जीर्ण भएको छ । भने जो सन्चालनमा छन् तिनीहरूको अवस्था पनि त्यति राम्रो छैन । स्वदेशमा अशान्ति, असुरक्षा, अशिक्षा, बेरोजगार जस्ता उल्झन जिँउका तिऊ छन् । यिनै कारणहरुले गर्दा पनि दक्ष युवा जनशक्ति रोजगारीको लागि विदेश पलायन हुन बाध्य भएका छन् ।
नेपालमा पछिल्लो समय जघन्य अपराध गरेर अपराधी ठहरिएका÷कहलिएकाहरु पनि नेताहरुको संरक्षणका कारण उम्किरहेका छन्, उनीहरुलाई शायदै मल जल नभएको भनै पक्कै नहोला । आम जनमानसको ठम्याई पनि यहीनै रहेको पाइन्छ ।
दोषिलाई कारवाही गर्न सरकार नि¥र्यह बनेको छ । किनकी ती अधिकांस अपराधिकहरु तिनै राजनीतिक दलका संरक्षणमा हुर्के बढे, बढे अहिले भटाभट मन्त्री बनिरहेका छन् ।
देशमा बेमेलको स्थिती पैदा भएको बेला यसो हुनु स्वाभाविक पनि हो की । यी घटना परिघटनाहरुलाई सरसति केलायर हेर्ने हो भने नेपालका राजनितिक दलहरु राजनीतिक दल बन्न सकेनन् । विद्वानहरुको भनाइलाई सापटी लिने हो भने केबल यी त महासंघ र संघ मात्र बने ।
जता हेर्यो त्यतै गतिलो सिस्टम देखिंदैन । जता जाऊ, पैसा तिर्नुपर्छ । सेतो पैसाको रूपमा तिर्न पाए त हुन्थ्यो नी, त्यो पाईंदैन । न्याय दिन बसेको न्यायालय लगायत मूख्य सरकारी कार्यालयमा सेवाको पहुँच सजिलो छैन । जसको पहुँच छ, त्यसको काम छिटो हुन्छ । जसले सुटुक्क पैसा दिन सक्ने सामर्थ्य राख्छ, ऊ अगाडि काम गरेर निस्कन्छ । जहाँ पनि चिनेको हुनुपर्छ । हैन भने काम बन्न सकस नै छ । गरीबले न्याय खोज्न अदालत नगए पनि हुन्छ । न्याय अत्यन्तै महंगो भएको छ । न्यायमा आम सर्वसाधारण जनताको सर्वसुलभ पहुँच हुनुपर्ने हो, तर त्यस्तो बिलकुलै छैन । कमजोर र गरीब जनताको लागि न्याय भीरमा फलेको फल जत्तिकै भएको छ । आकाशको फल जस्तै आँखा तरी मर भन्ने जस्तै भएको छ ।
लोकतन्त्र÷गणतन्त्रमा यसो नहुनुपर्ने हो तर भइनै भईरहेको छ । राजनीतिले यसलाई सहज र सरल बनाउनुपर्ने हो, अफसोच यो केवल सिद्धान्तमा मात्र सीमित रहेको छ । बलिया हुन सकेका छैनन् । जसको परिणाम समाजमा द्वन्द पैदा हुन्छ, अस्थिरताले निम्तो पाउँछ । यी दुबै समाजका लागि घातक हुन् । त्यसैले राजनीति र लोकतन्त्र अन्तसम्बन्धित हुन् । र हुनुपर्छ पनि।
नेपालमा राजनीतिक पार्टीको इतिहास हेर्ने हो भने १९९३ सालमा नेपालमा ‘नेपाल प्रजा परिषद’ पहिलो पार्टी हो, जुन राणा शासन अन्तको लागि जन्मेको थियो । २००७ साल पछि अन्य पार्टीहरु जन्मिए । अहिले अधिक पार्टीहरु छन् । पार्टीबाट पार्टी÷उपपार्टी जन्मेका छन् ।
चुनाव, स्वतन्त्रता र पार्टी सिस्टम लोकतन्त्रका उपहार । लोकतन्त्रको बाटो र विधि हो, चुनाव । चुनावबाटै नेता चुनिन्छन् । यसको विकल्प पनि छैन । लोकतन्त्रको निर्विकल्प समाधान नै चुनाव हो ।
प्रायतः पढेलेखेका मान्छे किन देख्दैनन् भविष्य राजनीतिमा – अधिकांश बुबा–आमाले आफ्नो सन्तानको तोते बोलीमै सुन्न चाहन्छन्, डाक्टर इन्जिनीयर बन्छु भन्ने । कदापि सुन्न चाहँदैनन् नेता बन्छु भनेको । कसै–कसैले के बन्ने बाबु तिमी ? भनेर सोध्दा नेता बन्छु भन बाबु भनेर आमा बाले सिकाएको सुन्न पाईंदैन । अर्थात् तपाईं भन्नुहुन्न । म पनि भन्दिन । छोरा छोरी फटाहा, उट्पट्याङ, पढ्नमा मन नलाग्ने, ढाँटेर हिँड्ने भयो भने नेता बन्ने लक्षण छ भनिन्छ । के यही हो त राजनीतिक नेता बन्नको लागि चाहिने आधारभूत व्यवहार ? यस्ता नकारात्मक धारणालाई चिरफार गरेर फाल्नको लागि एउटा असल अभियानको खाँचो भएको छ । जसले युवालाई आकर्षण गर्न सकोस्, अनुशासनमा पहिलो होस्, र सभ्यतामा विश्वास राखोस् । त्यो युवाले राजनीति गर्छु भनोस् ।
राजनीति भनेको स्कुलमा गरिन्छ । राजनीति कुवा, धारा, पँधेरामा गरिन्छ । राजनीति अर्काको खुट्टा तान्नमा गरिन्छ । स्कुल कलेजमा सबभन्दा बढी राजनीति गर्छन् भन्ने आरोप छ शिक्षकमाथि । त्यसो त सबै क्षेत्रका मान्छेहरू जानी नजानी संलग्न छन् नै । अझ अहिले त घर घरमा राजनीतिले जरो गाडेको छ । प्रायतः सबै मानिस पार्टीका कार्यकर्ता भएका छन् ।
आफूलाई नागरिक समाज भन्न रुचाउनेहरु, नागरिक समाजका अगुवाहरु, नागरिक समाजको हितमा लागेकाहरु पनि प्रायः कुनै न कुनै राजनीतिको छत्रछाँयामा बस्ने गरेको पाइन्छ । राजनीतमा प्राय जसो सौताको रिसले पोईको काखमा फोहोर गर्ने जस्तो देखिँदै आएको छ ।
नेपालमा राजनीतिमा आचरण र स्वभाव भ्रष्टीकरण भएको प्रष्टै देखिन थालेको छ । व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थ र अतीवादका कारण राजनीति फोहरी खेल जस्तै बनेको भन्ने आम जनमानसको बुझाई छ । नेपाली राजनीतिमा अपराधिकरण हुनु पनि अर्को कुतत्व हो । आफ्नाले गरेको गल्ती, कमी कमजोरीलाई पनि विरोध गर्न नसक्नु र ढाकछोप गर्नु पार्टीगत कमजोरी हो । बेठीकलाई ठीक र ठीकलाई बेठीक भन्नुपर्ने संस्कारको चाँडो भन्दा चाँडो अन्त्य गर्नुपर्छ ।
अधिकांश राजनीतिक दलहरुले आफूलाई सच्याउन जरुरी छ । पहिला आफू सुध्रिनुपर्दछ अनि अनि अरुलाई सुधार्नुपर्दछ । राजनीतिक दलहरुले राष्ट्र र राष्ट्रियताका मुद्दाहरुमा जनलहर ल्याउनुपर्छ ।
देश फेरी संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ । अदालतमा मुद्दाहरू विचाराधीन अवस्थामा छन् । गल्लि गल्लिमा अवस्थित हरेक चिया दोकानमा होस् या हरेक चोक चोकमा होस् मान्छेहरू राजनीतिका कुरा गरेको देखिन्छन् । एकथरीहरु संसद विघटन हुनुहुन्न भनेर नारा जुलु गर्दै हामी यहाँ छौं भन्छन् भने अर्कोथरी संसद नै बिघटन गरेर जननिर्वाचनमा जाने क्रममा छन् । आफ्नो दललाई जिताउन साम, दाम, दण्ड, भेद सबै अस्त्र प्रयोग गर्न तत्पर छन् दलहरू ।
शकुनीको कुटनीति प्रयोग गर्दैछन् कतिले त । यतिबेला कुनै पनि दलमा एउटा व्यक्ति मात्र ठीक भएर नहुने कुरा प्रमाणित भैसकेको छ । तर पनि एउटा व्यक्ति मात्र ठीक हुँदा त देशमा आमूल परिवर्तन आउँछ भने दलको आचरण सही दिशामा जाने हो भने असम्भव भन्ने चिज के नै रहन्छ र ?
राजनीतिले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन बाहेक सबै गर्यो, गर्छ । त्यसैले बलवान छ राजनीति। उथलपुथल गर्न सक्छ राजनीतिले । पहाडलाई सम्याउन सक्छ र मैदानलाई पहाड बनाउन सक्छ ।
यतिबेला विकास र समृद्धि ओरालो लागेको हरिणको चाल जस्तै भई सकेको छ । केही आशाका किरण पनी नछाएका होइनन् । यी किरणहरुलाई संरक्षण र सम्मान गर्न आवश्यक पनि छ ।
पार्टि भित्रको अन्तर संर्घष र राजनीतिक खिचातानीका बाबजुद देश यतिबेला कुहिरोमा हराएको काग जस्तै भएको छ । देशको अवस्था पानी फाटेपछी लागेको इद्रेणी जस्तै भएको छ ।
राजनीतिले पहाडलाई मैदान र मैदानलाई पहाड बनाउन सक्छ ।
अन्तत्तः राजनीति नसुध्रिय हामी सुध्रिँदैनौं । हामी नसुध्रिए राजनीति सुध्रिँदैन ।
(समाजसेवामा सक्रिय लेखक प्रदिप घिमिरे अमूल्य रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ४ सालुका स्थानीय हुन्)