सरकारले कालो ढुसिको सङ्क्रमणको जोखिम कम गर्नका लागि समिति गठन गरेर काम अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ जनामा कालो ढुसिको सङ्क्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयले कोलो ढुसिको सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि समिति गठन गरेर अध्ययन सुरु गरेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताउनुभयो । पछिल्लो समय कोरोना सङ्क्रमित भएका व्यक्तिहरुमा कालो ढुसिको सङ्क्रमण देखिन थालेपछि सावधानी अपनाउन आग्रह गरिएको छ ।