कोरोनाको तेस्रो लहरले बालबालिकालाइ प्रभाव पार्ने भएकाले तयारी अवस्थामा रहन अस्पताललाइ स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोनाको तेस्रो लहरले बालबालिकालाइ प्रभाव पार्ने भएकाले तयारी अवस्थामा रहन अस्पताललाइ स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहरमा बालबालिका बढी सङ्क्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सोअनुसार तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ सङ्क्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।

महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको विज्ञप्तिमा प्रथम लहर र दोस्रो लहर अत्याधिक मात्रामा प्रौढ र युवाहरु सङ्क्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको अब बालबालिका केन्द्रीत तयारी गर्नुपर्ने उल्लेख छ ।

पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा सङ्क्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आफ्नो स्वीकृति शैयाको कम्तिमा कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध छ , बिज्ञप्तिमा उल्लेख छ । साथै वैकल्पिक अक्सिजनको व्यवस्थापन समेत गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार