नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रामेछाप नगर कमिटीले रामेछाप नगरपालिकालाई स्व्ाास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण रामेछाप नगरपालिकामा पनि दिनप्रतिदिन बढ्दै गइरहेको भन्दै कोरोना रोकथाम तथा न्यूनीकरणमा सहयोग पुगोस भन्ने उद्देश्यले स्व्ाास्थ्य सामाग्रीहरु सहयोग गरिएको माओवादी केन्द्र नगर कमिटीले जनाएको छ । नगर कमिटीका अध्यक्ष मोतिलाल तामाङ सहितको टोलि नगरपालिकामा पुगेर पिपिइ सेट ६० थान, फेस सिल्ड १०० थान, मास्क १०० थान र पन्जा २ थान नगरपालिकाका प्रमुख नर ब थापा मगरलाइ हस्तान्तरण गरेका हुन ।