प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुखः कांग्रेस सभापति देउवा

प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुखः कांग्रेस सभापति देउवा


प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिनुभएको छ ।

सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेपनि उहाँले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीको कदमलाई सभापति देउवाले अधिनायकवादउन्मुख कदम भन्दै टिप्पणी पनि गर्नुभएको छ ।

सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमा भन्नुभएको छ, ‘अधिनायकवाद उन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ, संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न । यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार