लैङ्गिक हिंसा अन्त्य गर्न सबैको सोच बदलिनु्पर्छ : उपप्रमुख खड्का

लैङ्गिक हिंसा अन्त्य गर्न सबैको सोच बदलिनु्पर्छ : उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले लैङ्गिक हिंसा अन्त्य गर्न सबैको सोच बदलिनुपर्ने बताउनुभएको छ । मानव अधिकार दिवश तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछाप नगरपालिकामा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उपप्रमुख खड्काले सबै जना एकजुट भएर लाग्न सकेको खण्डमा मात्रै लैङ्गिक हिंसा अन्त्य हु्ने बताउनुभयो । उहाँले दिवश र अभियानहरुमा मात्रै जनचेतनामुलक कार्यक्रम गरेर नहुने भन्दै हिंसा अन्त्य गर्न सधैँ सबैको साथ चाहिने र सबैको सोच बदलिनुपर्ने बताउनुभयो । समाजसेवा जागृती महिला वचत तथा ऋण सहकारी संस्थाको आयाजना र रामेछाप नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा सन्देश मुलक गित तथा सडक नाटक प्रस्तुत गरिएको थियो । यस वर्ष “लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः ब्यक्ति समाज र सवैको ऐक्यवद्धता ”भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मनाइएको छ ।

अन्तरकृया कार्यक्रम पनि सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछापको रामेछाप नगरपालिकाले बुधबार महिला अधिकार सम्बधि नितीगत तथा कानुनी व्यवस्था सम्बन्धि एकदिने अभिमु्खिकरण कार्यक्रम पनि सम्पन्न गरेको छ । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलामैत्री न्याय र कानुनी व्यवस्था , महिलासँग सम्बन्धित सरकारीवादी मुद्धा अभ्यास र अनुभव , महिला अधिकार सम्बन्धि सन्चार क्षेत्रको भुमिका , लैङ्गिक हिंसा सम्बन्धि समसमायिक विषयमा छलफल र महिलासँग सम्बन्धित राष्टिय तथा अन्तराष्टिय निती , नियम र कानुनमा भएको व्यवस्था लगायतका बारेमा छलफल गरिएको रामेछाप नगरपालिकाका खरिदार घना श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा , जिल्लान्यायधिस मोहनराज भट्टराई , रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे लगायतको उपस्थिती रहेको थियो । अभिमु्खिकरण कार्यक्रममा उपस्थित सबैले लैङ्गिक हिंसा अन्त्य गर्न आफु प्रतिबद्ध रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार