रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ एकलेबर भन्ने ठाउँमा डिब्बा भ्यान दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मंगलबार राति १२ बजे दोलखाबाट तरकारी,फलपूुल, लिएर ओखलढुङ्गातर्फ जादै गरेको प्रदेश ३–०१–००६ ख ३२० नम्बरको भ्यान दुर्घटना हुँदा चालक उदयपुरका प्रदिप कार्कीको ज्यान गएको हो । भ्यान सडकबाट करिव ५० मिटर तल खस्दा चालक उदयपुर कटारी नगरपालिका ४ का ३२ वर्षिय कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटना परी घाइते भएका चालक कार्कीको तामाकोसी अस्पताल मन्थलीमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा परे गम्भीर घाइते भएका चालक कार्कीलाई मंगलबार राति २ः३५ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
रामेछाप मन्थलीमा भ्यान दुर्घटना,चालकको मृत्यु
