पञ्चायत निर्दलीय ब्यवस्था हो । उसको विधान र कानुन बमोजिम दर्ता भएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैधानिक संस्था हो । “पञ्चायती प्रजातन्त्र”ले दुनियाँले देख्ने र बुझ्नेगरी स्वीकार गरिएको बैधानिक संस्थाको गतिविधि पनि गर्न दिंदैनथ्यो । सजिलै बुझ्न सकिन्थ्यो उसले बुद्धिको भाँडामा विर्को लगाउने दुस्साहस गरिरहेको थियो । वि.सं. २०४४ सालको शरद ऋतुमा दोलखा भएर पूर्वी पहाडमा शिक्षकहरूका माझ काम गर्दै हिंड्नु भएका नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष देवीप्रसाद ओझालाई रामेछापबाट ब्यवस्थित तरिकाले ओखलढुङ्गा पु¥याउने जिम्मा हामी माझ आइप¥यो । किनभने म रामेछाप र ओखलढुङ्गा दुवैतर्फ नेकपा (माले) को सङ्गठक थिएँ । धोवीबाट पुलुसम्म ल्याउने जिम्मेवारी नानीबाबु दाहाल र ग्रामोदय मावि गामनाङका शिक्षक भुवनकुमार रोकाले पुरा गर्नु भएको थियो ।
संकेत थियो, देवी ओझा र पशुपति चौलागाईंले धोवीडाँडामा एउटा सेउलो हल्लाउँदै आउने । उहाँहरूलाई पर्खेर बस्ने कमरेडले पनि सेउलै लिएर बस्ने । त्यो शूत्रको जानकारी दुईजनामा मात्र थियो । उहाँ आइपुग्ने सम्भाब्य समयभन्दा केहि घण्टा अगावै भुवन र नानीबाबुजी धोवी पुग्नु’भो । अघिल्लो दिन दोलखा काभ्रेको ढुङ्गागाडे स्थित कृष्णप्रसाद दाहालजीका घरमा दोलखा जिल्ला स्तरीय अगुवा शिक्षकको भेला थियो । त्यो भेला सकेर क.पशुपति चौलागाईंको अगुवाईमा अध्यक्ष देवीप्रसाद ओझा जिरी, रस्नालु, भित्तरीखानी, बासे, नोप्रा, कान्ले, गिद्धे भएर सेउला हल्लाउँदै धोवी प्रवेश गर्नु’भो । त्यसवेला धोवी बजारको रुपमा थिएन । यताबाट नानीबाबु दाहाल र भुवनकुमार रोकाजी पनि सेउलो हल्लाउँदै त्यतै जानु’भो । भेट भए पछि सेउला फालेर हातहरू गरम जोसका साथ एकापसमा मिले ।
त्यस वेलुका कमलबहादुर खड्का (धोवी), नानीबाबु दाहाल (रातमाटा) को ब्यवस्थापनमा उहाँहरू समेत तारानिधि सुवेदीे (मच्छेडाँडी), कैलाशप्रसाद ढुङ्गेल (पकरवास), पुष्करराज प्रसाईं (मुगिटार), उदयचन्द्र श्रेष्ठ (भङ्गेरी), श्याम सुवेदी (मदौ), इकबहादुर कर्माचार्य (भालुखोप) लगायत २५र३० जना पार्टी नेता र शिक्षकहरू भूमिगत रुपमा जम्माहुनु भयो । बिजुलीकोट धारापानी स्थित रामबहादुर महत (द्वारे) का घरमा नेराशिसंगठन रामेछापको जिल्ला सम्मेलन सम्पन्न भएको थियो । त्यस सम्मेलनले तारानिधि सुवेदीको अध्यक्षतामा ने.रा.शि. संगठनको जिल्लाकार्य समिति गठन ग¥यो । त्यस कमिटीको सचिव कैलाशप्रसाद ढुङ्गेल, कोषाध्यक्ष गौरी भण्डारी, युगराज पाख्रिनआदि नेतृत्वमा छनोट हुनुभएको थियो ।
भोलीपल्ट विहानै अध्यक्ष ओझा र पशुपति चौलागाई र भुवनजी पुलु पुग्नु भयो । थकित भएर एकदिन त्यतै आराम गर्ने ब्यवस्था गरियो । त्यसको भोलीपल्ट गामनाङका शिक्षकका माझ संगठनको काम भयो । बेलुका प्रेमप्रसाद भट्टराईका घरमा बसेर, विहानको खाना ढाप बाशुदेव भट्टराईका घरमा गरेर ओखलढुङ्गातर्फ प्रस्थान गर्नुभयो ।
आजको जस्तो सडक यातायात, सञ्चारका सुविधा नभएको त्यो समयमा पहाडी अक्कर र खोंच छिचोल्दै, राज्यका आँखा छल्दै शिक्षकहरूका बिच संगठन र प्रशिक्षणको कामलाई ब्यापक बनाउनु निकै चुनौतिपूर्ण थियो । त्यसमा क.पशुपति चौंलागाईंको विशेष भूमिका रहेको थियो । गामनाङबाट जरायोटार, रामपुर, ओखलढुङ्गा भएर निशङ्खे केदारबाबु बस्नेत र बद्रीबाबु बस्नेतजीको राजनीतिक आतिथ्यताबाट उदयपुरतर्फ रिले सम्पर्कमा पुग्नु भएको थियो ।
त्यसवेला कडा भूमिगत हुनुको तात्पर्य थियो, पक्राउ परेर जेलमा पर्दा यस खालका संगठनका काम नहुने भएकोले राज्यका आँखा छलेर बाहिर जनताको माझमा बसेर धेरै काम गर्न सकिन्थ्यो । सामन्तवादी निरङ्कुशता विरोधि चेतना गाउँगाउँमा पु¥याउन बाँकी नै थियो । त्यसैले पक्राउ नपर्ने र धेरै काम गर्ने पार्टीको नीति थियो । यी सवै काम गुप्त रुपमा भीर पहरा चहार्दै किसान, मजदुर, शिक्षक, विद्यार्थी, खेताला गोठालाहरूका खोकिलामा लुकेर कठोर त्यागबाट मात्र सम्भव भएका थिए । आन्तरिक रुपमा पार्टी र नेराशि संगठनका स्थानीय शिक्षकहरू मिलेर किसानहरूको मझेरीमा संगठन गर्ने कार्य सम्पन्न गरिन्थ्यो । नेतृत्व जन आधारित थियो ।