रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म १५ सय १६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै ३२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ७४ जना मध्ये ५५ जना कोरोना मुक्त भईसकेका छन ।
कोरोना संक्रमित १९ जनाको उपचार भईरहेको छ । अहिलेसम्मसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५ सय ६ , रामेछाप नगरपालिकामा १ सय ८१ , उमाकुण्ड गाउँपालिकामा १ सय ६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय २८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ५ सय १६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
रामेछाप जिल्लामा ४४ जना क्वारेन्टिनमा
रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ४४ जना क्वारेन्टिनमा रहेका छन । ११ जना महिला र ३३ जना पुरुष गरी ४४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिकामा ३ , ,उमाकुण्ड गाउँपालिकामा २ र गोकुलगंगा गाउँपालिकामा ३६ र लिखु तामाकोशी गाउँपालिकामा ३ जना गरी जिल्लाभर ४४ जना क्वारेन्टिनमा रहेका छन् । मन्थली नगरपालिका , दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।