केहिदिन अघि समाजिक संजालमा एउटा समाचार सार्वजनकि भयो । काठमान्डौमा बसिरहेका रामेछापका नागरिकहरुमा आशा जगाउने खालको त्यो समाचार केहि घण्टामै हरायो पनि ।
रामेछापबाट प्रतिनिधि सभामा निर्वाचित सांसद श्यामकुमार श्रेष्ठले कोरोना माहामारीको यो बेला राजधानीमा समस्यामा रहेका जिल्लाबासीलाई आँफुलाई सम्पर्क गर्न आग्रह गरेको खवर थियो त्यो ।
सांसद श्रेष्ठको आफ्नै नाम रहेको फेसवुक पेजबाट समेत त्यो समाचार सार्वजनिक गरिएको थियो । तर त्यो समाचार एकाएक गायव गरियो ।
एउटा सन्तानले दुख परेका बेला आफ्ना अविभाबकसंग जे जस्तो अपेक्षा राख्छ,जनताले पनि आफ्नो सांसदसंग त्यस्तै अपेक्षा राखेका हुन्छन् । आखिर सांसद भनेको जनताको अविभावक नै त हो।
माहामारीका बेला जिल्लाको अभिवावकको रुपमा रहेका सांसदले सार्वजनिक रुपमा गरेको यस्तो आग्रहले जनताको मनमा कति आशा जगाएको थियो होला, त्यो हामी सवैले महशुस गर्न सक्छौँ । अविभावकको आवश्यकता पर्ने भनेकै समस्याको घडिमा न हो । रोजगारी गुमेर गाँसविहिन बनेका जनताले आँफुले चुनेर पठाएका सांसदबाट सहयोगको अपेक्षा राख्नु स्वभाविक नै हो जस्तो लाग्छ ।
समाचार किन सार्वजनिक गरियो र किन गायव गरियो? सवाल यो हैन् । सवाल यो हो कि हाम्रा सांसद किन लाचारी बनिरहेका छन ? २,२ पटक संसदमा पुगेका सांसदलाई आँफुले बोलेको कुराले जनतामा कति प्रभाव पार्छ भन्ने कुराको महशुस नहुनु लज्जाको विषय हैन् र ? आफ्ना संजालबाट सार्वजनिक समाचार तथा अभिव्यक्तिलाई जनताले आधिकारीक मान्दछन भन्ने सामान्य हेक्का समेत नराख्नुलाई के भनेर परिभाषित गर्ने ?
कोरोना महामारीको यत्रो महिनासम्म जनताका बारेमा चासो नलिनु सांसदको अविभावकत्व यहि हो र? कि हाम्रा सांसदलाई कोरोना माहामारीबाट रामेछापका जनता पनि प्रभावित छन् भन्ने कुरा थाहा थिएन्? यस्ता अनेकौ सवालहरु छन् ।
आफ्नो सामजिक संजालमा कस्ता सामग्री सार्वजनिक भईरहेका छन् भन्ने कुरा सांसदले ख्याल गर्नुपर्ने हैन् र? आफ्नो नाममा अरु कसैले संजालको दुरुपयोग गरिरहेको छ भने त्यसको नियमनतर्फ लाग्नु पो पर्छ की ? यदि आँफै र आफ्नै आधिकारिक व्यक्तिबाट संजाल संचालित छ भने केटाकेटीको जस्तो हर्कत किन त सांसद ज्यु ? सवाल यो पनि छ ।
खैर छाडौ यि कुरा,सांसदले आफ्नो तर्फबाट महामारीको यो समयमा आँफुले सकेको प्रयास त गरिरहनु भएको होला,मलाई थाहा नभएको पनि हुनसक्छ । जिल्लाका संचारमाध्यममा ति कामका चर्चा नभएको पनि हुन सक्छ । अथवा सांसद र जिल्लाका संचारमाध्यम विच सहकार्य र समन्वयको अभाव हो की ।
सांसदसंग सिधा पहुँच राख्न नसक्ने म जस्ता नागरिकको लागी सांसदको आधिकारिक समाजिक संजाल र सांसदको सचिवालयबाट सार्वजनिक हुने विषयहरु नै आधिकारिक लाग्छन् र मैले ति नै सामग्रीहरुलार्ई आधिकारीक मान्ने गरेको छु ।
अहिले प्रधानमन्त्री देखि मन्त्रीहरु,विभिन्न मन्त्रालय देखी कार्यालयहरु सवैले सुचना तथा अभिव्यक्ति सम्प्रेषणका लागी सामाजिक संजाल तथा डिजिटल प्लेटर्फम प्रयोग गर्ने गरेका छन् । यो हिसावले हेर्दा मैले मेरा सांसदको संजाललाई आधिकारिक मान्न सायद स्वभाविक नै होला जस्तो लाग्छ ।
सवाल यो नभएपनि मनमा अझै लागिरहेको छ कि,जिम्मेवार सांसदले आपत्तको यो घडिमा जनताको मनमा आशा जगाउने गरि गरेको त्यो आग्रहलाई किन क्षणभरमै मेटाईदिएको होला ? जनताको विश्वास जित्ने यो समयमा आँफुलाई किन गैरजिम्मेवार जस्तो देखाउन खोजेको होला ? मनमा प्रश्न उव्जिरहेको छ । गृहराज्यमन्त्री जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले आफ्नो सामाजिक संजाललाई किन व्यवस्थित र नियमन गर्न नसकेको होला ? मनमा यो पनि लागिरहेको छ ।
मेरा सांसदलाई यो सुनाउन मन लागेको छ की,तपाईको जिल्लामा पनि केहि दर्जन संचार माध्यमहरु छन् जसले जिल्लामै रहेर जिल्लाका सामग्रीहरु अनवरत रुपमा सम्प्रेषण गरिरहेका छन् । राजधानी बसेर जिल्लाका विषयलाई वकालत गर्ने संचारमाध्यमको काँखी च्याप्न छाडेर जिल्लाका संचारमाध्यमको विकाशमा समावेशी रुपमा ध्यान दिनुहोस यो आग्रह पनि छ । जनताको आँखाबाट विश्वासको मत नगुमोस । तपाईको समाजिक संजाललाई व्यवस्थित र विश्वसनिय बनाउनुहोस ।
अन्तिममा भन्न मन लागेको कुरा,जनताले तपाईलाई चुन्नुको अर्थ राजधानीमा बसेर संसद भवन छिर्नु मात्र हैन्, जनताको समस्या र पिडामा साथ दिनु पनि हो । जिल्लाका बस्तुगत समस्यालाई केलाएर हेर्न र समाधानका लागी प्रयास गर्न आग्रह छ ।