विनोद कुमार श्रेष्ठ , रामेछाप ।
निष्पट्ट अँध्यारो । रातको शून्यता । बिस्तारै गेट खोलँे । गेट खोलेको कसैले थाहा नपाओस् भन्ने पक्षमा थिए म । विशेष गरी घरपेटीको छोरीले । उनले म माथि गिद्दे नजर लगाएकी थिइन् ।
गेट बन्द गरेँ । भ¥याङ उक्लँे । बिरालोको चालमा थिएँ म । पदचाप शून्य थियो ।
बीच भ¥याङमै कसैले पछाडिबाट च्याप्प समात्यो । उनी को थिइन् भन्नेमा मलाई कुनै शङ्का रहेन । पुरै शून्यतामा पनि उनी मेरो बाटो हेरिरहेकी रहिछिन् ।
‘के गरेको यो ?’ बिस्तारै भनेँ ।
‘के गरेको देख्नुभयो ?’ उनले प्रति प्रश्न गरिन् ।
मैले उनको जवाफ् नदिई फुत्कन प्रयास गरेँ । फुत्कने प्रयासमा मेरो हात कताकता छुन पुग्यो कुन्नी? त्यो छुवाइ मेरो मनले आभास ग¥यो ।
उनले कानको लोतिमै ओठ जोडेर धावा बोलिन् – ‘लु त……। कसरी फुत्किँदो रहेछौ ?’
उनको हात मेरो कम्मरमा थियो । म उम्कने प्रयास गरेको देखेर उनले झन् जोडले समातिन् । उनको स्तन मेरो छातीमा रगडियो ।
मैले नजिकै चप्पल बजेको आवाज सुनेँ । चप्पल बजेको आवाज झन् नजिक हुँदै थियो । तरपनि उनले मलाई छाडिनन् ।
‘लु त अब के गर्नुहुन्छ ?’ उनले फेरि भनिन् ।
त्यो पदचापले मेरो पसिना फुटायो । श्वासको गति बढ्यो । बेलुनजस्तै फुल्न थाल्यो छाती । ढुक..ढुक…ढुक…..गर्दै धड्कियो धड्कन ।
पदचाप झन् नजिकै सुनियो । म चाहेर पनि कराउन सकिनँ । उनले सानो हाँसोको खित्का छाडिन् । म गर्माहट र डरमा जलिरहेको थिएँ ।
उनको स्वरमा निर्धक्कपन थियो भने व्यवहारमा निर्लज्जता । उनी छिल्लिँदै थिइन् । म फुत्कने जोड गर्दै थिएँ तरपनि फुत्कन सकिरहेको थिइनँ ।
यसभन्दा अघि पनि ऊ पटक पटक मसँग बोल्न खोज्थिन् । मसँग नजिकिन चाहिन् । उनी कलेजबाट फर्केपछि गेट छेवैमा बस्थिन् । म तर्केर हिँड्न खोज्थेँ । उनले नै बोलाउँदै भन्थिन् – ‘हिरो भएर कता जान लाग्नुभयो ?’ बिहान पानी थाप्न जाँदा पनि छिकेर्नी मार्दै भन्थिन् – ‘भिजाइदिउँ?’ कहिले काहीँझ्यालबाट टाउको छिराएर भन्थिन् – ‘चिया पिउनुभयो ?’ मैले पिएँ भन्थे । उनले फेरि अलि उच्छृङ्खल भएर भन्थिन् – ‘खै त मेरो लागि ? मलाई जुठो भए पनि हुन्छ ।’
मेरो मन ढक्क फुल्थ्यो । ऊ मेरो लागि खतरा बन्दै थिई । मलाई कुन दिन अवसर पार्छे ? भन्ने लाग्थ्यो । उस्तै परे निचोर्न बेर लगाउँदिन, भन्ने आभास नभएको पनि होइन । देख्दै मेरो मन कुत्कुतीले भरिन्थ्यो । उनी मेरो लागि काउसे पाराकी थिई ।
ठिक्कको ज्यान । मेरो हाइटभन्दा अलिकति कम । बान्की परेको आकर्षित मुहार । मीठो मुस्कान । आँखा ठूला तर विषालु । त्यस्तो हँुदैमा मैले लहसिनु उचित थिएन । म छल्दै हिँड्थेँ तर आज भ¥याङको जिरोवाटको उज्यालोमा उसले दाउ छोपी ।
म असिनपसिन भएको थिए । निस्सासिएर रोकिएला भैmँ भयो श्वास । उनलाई हेरेँ, पूरै बत्तिसा देखाएर ङिच्च गरिन् । विजयको भावमा । जसरी बाघले मृगलाई मारेपछि उचाल्छ ।
म उनको घरमा डेरा बसेको यही तीन महिना भयो । घरपेटी अहिलेसम्म भेटेकै होइन । उनको आमाको पनि मप्रति गरेको व्यवहारमा मौन समर्थनमा छ । घरपेटीको फुच्चे छोराबाहेक मेरो कसैसँग घुलमिल छैन । ऊ बेलाबेला अङ्कल मलाई अलिकति हेल्प गर्नुस् न भन्दै कपी बोकेर आउँछ ।
एकदिन उसले मलाई फ्याट्ट भन्यो – ‘भिनाजु ! यो हिसाब सिकाइदिस्यो न ?’
कसले सिकायो भिनाजु भन्न भन्दै मैले चड्कन लगाउन खोज्दै थर्काएँ । उनले निन्याउरो मुख लगाउदै भन्यो – ‘दिदीले त हो नि ।’
त्यो दिन मैले उसलाई हिसाब सिकाइनँ, त्यतिकै फर्काइदिएँ ।
ऊ राँकिएर आई – मेरो भाइलाई किन हिसाब नसिकाइदिनु भएको ? भन्दै गनगन गरी । म चुपचाप हेरिरहेँ । कुनै प्रतिक्रिया दिइनँ । उनले रिसको आँखा तरिन् । म घोसेमुन्टो लगाएर बसेँ । उनी फनक्क फर्किइन् । फर्कंदै गर्दा उनले भनिन् – ‘एकदिन म …..।
उसले मेरो जन्मकुण्डली नै तयार पारेजस्तो छ । मैले देखिरहेको थिएँ उनी निकै दिनदेखि मेरो छाया टेकेर आनन्द लिँदै थिइन् । आज मेरो शरीर नै कब्जा गर्ने आँट गरिन् । भोलि के के पो गर्ने हो ?शङ्कै शङ्कामा बित्यो दिन ।
उनको परिवारबीच तलामा बस्छन् । म त्योभन्दा पनि माथि । त्यही भएर आज उनले छिमेकीको पूmलजस्तै नसोधी टिप्ने दाउमा लागिन् ।
हुन त अरू बेला पनि उनको हर्कत कहाँ ठीक थियो र ? म निस्कनै लाग्दा साँघुरो गेटैमा कुहिनो उचालेर बसेकी हुन्थी । सधैँजस्तो भ¥याङमा कुचो लगाउने निहुँमा कुचो समाएर मलाई ङिचीङिची गर्दै बाटो छेक्थी । जसरी पनि उनी मलाई धक्का दिने, स्पर्श गर्ने, मस्किने र बोल्ने दाउमा रहिरहेकी हुन्थिन् ।
उनी किन यसो गर्छिन्? थाहा पाउन मलाई निकै समय लाग्यो । जब मैले उनको मनको कुरा थाहा पाएँ, यतिखेरसम्म उनको मन ममाथि बुई चढिसकेको अवस्था थियो । मेरो सोझो जीवनलाई उनीले उपयोग गर्न खोजिन् । यही जीवन शैलीलाई स्वीकृतिको भावमा हेर्न थालिसकेकी रहिछिन् । त्यसैको परिणाम थियो आजको छापामार शैलीको शालीन आक्रमण ।
माथिबाट ओर्लिँदो गरेको आवाज झन् नजिकै आयो । मेरो मुटुमा बेजोडले ढ्याङ्ग्रो ठोक्यो । उसले मलाई च्याप समातेको हात खकुलो पारी । हात माथितिर सार्दै काउकुती लगाई । म फुत्केर कोठातिर हतार हतार लम्केँ । बाटोमा भेटेका मान्छेलाई पनि वास्ता गरिनँ । मैले कहिल्यै देखेको थिइन उसलाई । शायद ऊ उसको बुबा पो हुन् कि ?
कोठा खोलेँ । बत्ती बालेँ । चुकुल ठोकेँ । मन एकतामासको बनेको थियो । वेडमा पल्टिएँ । खाना बनाउन मन लागेन, न वेडबाट उठ्ने जाँगर नै चल्यो ।
म झकाइसकेछु । अचानक ढोकामा कसैको मुड्की ढक्ढकियो । यो मुड्कीको आवाजले म झस्किएँ र जुरुक्क उठेँ ।
को होला यति राती ? मन ढुकढुकियो । ढोकाको चुकुल खोलेँ । चुकुल खोल्ना साथ उनी पूरै ढोका ठेलेर मेरो कोठा पसिन्, म हेरेको हेरै भएँ ।
मैले केही सोच्नै सकेको थिइनँ । उनी मेरो खाटमा गएर बसिन् ।
अघिको मन्द मुटुको ढक्ढक फेरि बल्झन थाल्यो । के गरूँ के गरूँ? मन छटपटियो । उनीले ढोकाको चुकुल लगाउने इसारा गरिन्, म झस्केँ । मलाई ढोका लगाउने आँटै आएन । उनी जुरुक्क उठेर म कहाँ आइन् र ढोका ठेल्न थालिन् । म केही बोल्न खोज्दै थिएँ, उनले चुप रहने इसारा गरिन् । मैले फेरि ढोका ठेलेँ, उनी अटेरी भइन् । एकछिन ठेलाठेल भयो । उनले जितिन्, म स्टेप व्याक भएँ । उनले चुकुल लगाइन् ।
अब चाहिँ नयाँ घरपेटी खोज्नै पर्ने भयो । तुरुन्तै तर आज चाहिँ कसरी टार्ने ? म सोच्दै थिएँ । उनले मलाई तानेर खाटमा थचारिन् ।
उनले भनिन् – म एउटा कुरा भन्छु, गालीचाहिँ नगर्नु है ?
उसले मसँग के प्रस्ताव राख्न खोजेको हो ? थाहा थिएन । म चकित थिएँ । मनमा निकै डर लागिरहेको थियो । उनी नजिकै बसेकीले शरीरभरि काउसो लागे भैmँ काउकुती भरियो ।
छिटो भन, म सुनिहाल्छु अनि तिमी जाऊ, हडबडाहटमै भने ।
मेरो एउटा वाचा मान्न तयार हुनुहुन्छ ? उनले भनिन् ।
के वाचा ? मैले मुन्टो पछाडि फर्काएँ ।
आज मेरो शरीर तपाईंकोमा समावेश गराएर आनन्द लिन चाहन्छु । उनले निर्धक्क भनिन् ।
मैले बुझिनँ ! भने ।
म तपाईलाई प्रेम गर्छु । अचेल त मलाई लाग्छ, तपाई भन्नु नै म र म भन्नु नै तपाईं हो । म तपाईं विना एकपल पनि छुट्टिन नसक्ने बनिसकेँ । मलाई तपाईंप्रति निकै विश्वास छ ।
ऊ एकोहोरो बोलिरही म सुनिरहेँ । कताकता काउकुतीले निकै च्याप्यो । उनले फेरि थप्न थालिन् । ‘जिन्दगीमा म तपाईसँग एउटै मात्र वाचा गर्छु । मेरो शरीरमा तपाईंको एउटाबाहेक कसैको हात पर्न दिने छैन । त्यो हात तपाईंकै होस् पहिलो अनि अन्तिम पनि ।’
मलाई यतिखेर जिस्कन मन लाग्यो –‘तिमी एउटा हात भन्छौ अनि मसँग त दुई ओटा हात छन् त ? अर्को हात चाहिँ के गरूँ ?’
ख्याल ठट्टा थाहा छैन मलाई, उनी निकै सिरियस बनिन् । यदि तपाईंबाहेक अरू कसैको हात लगाउनुपर्ने दिन आएछ भने म आत्महत्या गर्छु – उनले भनिन्रमलाई पनि सिरियस् बन्न बाध्य बनाइन् ।
‘धत् ! कस्तो विचार आउँछ है तिमीलाई ।’ मैले उनलाई थर्काएँ । मेरो प्रश्नमा थर्काहटमा उनी ठुस्स रिसाइन्र भनिन् – ‘तपाईंले नपत्याउनु भएको ? आजदेखि म जीवित रहुञ्जेल तपाईंकी भएँ । यदि तपाईंले छोड्नु भयो भने म भगवान्को हुनेछु ।’
म उनको प्रेमको भावनामा बगेँ । पत्तै भएन म त उनको कपाल मुसार्न पुगिसकेछु ।
उनकै घरको माथिल्लो तलामा विशेष बन्दै थियो रात । मेरै कोठामा उनी अनि म । त्यही पनि एउटै बेडमा । अघिसम्मको मेरो लज्जालुपन कता हरायो कता ? हामी दुवै जना वेडमा ढल्यौँ । मैले टि.भी. खोलँे । हामी एकअर्कामा चल्न थाल्यौँ । हामी एकर्काको यौवन प्यास मेट्ने खेल खेल्दै थियौ । हामी एक अर्काको अँगालोमा कसियौँ । छुट्टै संसारको कल्पना ग¥यौँ । स्वर्गको अनुभव हँुदै थियो मलाई । उनलाई पनि सोधेँ मैले – ‘कस्तो लागिरहेको छ नानु ।’ उनले लामो स्वास तान्दै भनिन् – ‘स्वर्गमा पुगेर तीन त्रिलोक चौध भुवन देखिरहेको छु ।’
म झल्यास भएँ । दश वर्ष अघिको फ्ल्यासब्याकमा पो रहेछु म । आज मेरो उनकै घर अघि भएको पार्टी प्यालेसमा बास हुँदै थियो । विचलित शरीर व्यवस्थापन गर्ने क्रममा कतै बस्ने ठाउँ नपाएर आइपुगेको थिएँ म ।
संजोग नै भनौँ, उनी पनि कौसीमा रहिछिन् । उनले मलाई ट्याक्सीबाट झरेको एकोहोरो हेरिरहिन् । अनायासै मेरो नजर जुद्यो ।
‘……… तपाईँ !’ उनले आश्चर्य प्रकट गरिन् । ‘अँ ! म ।’ म पनि आश्चर्यमा नै थिएँ । यसरी भेट होला भन्ने कति पनि सोचेको थिइनँ ।
उनले तल आउने इसारा गरिन् । उनी म कहाँ आउन्जेल मैले उनको वाचा र कसम सम्झेँ ।
उनी एउटा बच्चा बोकेर निस्किइन् । बोकिरहेको बच्चा देखाउँदै उनले भनिन् –‘हेर त ! यो मेरो छोरो, ठ्याक्कै उसको बाबुसँग मिलेको छ यसको अनुहार ।’
म हेरेको हेरै भएँ । माथिका वाचाकसम मनमा खेल्यो । म दश वर्ष अघिको फ्ल्यासब्याकमा पुगेँ । शनै शनै …..।