नविन गाउँले रामेछाप ।
नेपाली उपन्यासकाे लेखन एक शताब्दी पार गरेर अरू दशकतिर बढिरहेकाे छ। २०२२ सालमा चर्चित उपन्यास शिरिषकाे फूल मार्फत पारिजातले शुन्यबादकाे वकालत गरिन्।मूख्य पात्र शिव र सकबरी रहेकाे याे उपन्यासमा शिबले जीबनलाई असफलता र दुर्भाग्य भने। उपन्यासकाे अन्तिम तिर मानिस यसै पनि दुखि छ उसै पनि दुखि छ भनेर जीबनलाई एउटा निस्सारकाे रूपमा अभिब्यक्ति गरे।उपन्यासकाे पात्रकाे मनाेबिज्ञानलाई पछ्याउदा उ घाेर निरासाउन्मूख प्रतित हुन्छ।नेपाली उपन्यासकाे ईतिहासले लामै समय देखि निरन्तरता पाएपनि एक शताब्दी पुरा भएपछी मात्र उपन्यास व्यापक हुँदै गएकाे देखिन्छ।र बर्तमानमा यसले ब्यबसायीक रूपमा पनि परिस्कृत र ठुलै फड्काे मारेकाे देखिन्छ।समय समयमा एकाध एकादुई उपन्यास छापिने नेपाली साहित्य फाटमा अहिले दर्जनाै उपन्यास छापिन थालेका छन्।याे समग्र नेपाली साहित्यकै लागि उपलब्धी र सकारात्मक कुरा हाे।
उपन्यासले समाजमा भएका जीवन सग अर्थात मानिस सग अन्तर सम्बाद गर्छ।विभिन्न समयमा ब्यक्ति, परिवार, समाज, र देशकाे कालखण्डलाई पनि परिभाषित गर्दै अाईरहेकाे छ।अंग्रेजीका शेक्सपियर देखि नेपालीका गिरिश बल्लब जाेशी हुँदै अहिलेका नया पुस्ता सम्म अाईपुग्दा उपन्यासले लामै यात्राकाे उतार चढाब पार गरेकाे छ।उपन्यासका बृस्तृतिहरू ,नया अायामहरू,परिभाषित पक्षहरू सग विभिन्न समयमा विभिन्न बिद्धानहरूले अा अाफ्नै किसिमका मतहरू राख्दै अाएका छन्।याे बिराट क्षेत्र मानिसकाे जीवन सग अभिन्न रूपमा जाेडिएकाे छ।जीवन सम्म अाईपुगेपछी यसले ईतिहास,भूगाेल,राजनीति,सिद्धान्त र समाज सग मिश्रीत रूपमा व्याख्या र विश्लेषण गर्दछ।राणा कालकाे उत्कर्षमानै लेखिएका र प्रकाशित भएका उपन्यासहरू बाटै नियमितताकाे प्रारम्भ भयाे नेपाली उपन्यासकाे लेखन्।
बितेका एक शताब्दीमा लेखिएका उपन्यासकाे मर्म,सवाल पात्रहरूले उठाएका मूद्धाहरू अनुसन्धानका बिषय हुन सक्छकी सक्दैन ?त्यहा भएका पात्रहरू मार्फत समाजकाे राजनीतिकाे चित्रण कसरी गरिएकाे छ?पात्र र चरित्रले समाज, भूगाेल, ईतिहास र राजनीति सग कसरी सम्बद्धता र सामजस्यता राख्दछ?यी केन्द्रिय प्रश्नहरू पनि जन्मिएका छन् ।साहित्य लेखिनु पनि अाबिष्कार र कला हाे निर्माणात्मक कला।साहित्य समाज सगै रहेर समाजकाे सिर्जनात्मक कला,बिचार ,सुख दुख ,जीवन भाेगाई, कथा, ब्यथाहरू बाटै अभिब्यक्ति मार्फत निर्माण हुने हाे त्यसैले उपन्यासमा भएका पात्र र चरित्रहरू हाम्रै समाजका हुन् हाम्रै भूगाेलका हुन्।गिरिश बल्लब जाेशीकाे (वीर चरित्र)देखि शुरू भएकाे माैलिक उपन्यासकाे लेखन सेताे धरती र त्याे भन्दा अझ पछाडी अाज सम्म अाईपुग्दा पलायनता र निराशाउन्मूख कमजाेर पात्रहरूकै बाहुल्यता देखिन्छ।लैन सिंह वाङ्देलकाे मूलुक बाहिरकाे मूख्य पात्र रने यतार्थ नजीक भएपनि बिचलित बनाईएकाे छ मानसिक मनाेबृतिलाई कमजाेर बनाईएकाे छ।
याे समाजकाे निराशाउन्मूख बिघटनताकाे सुचक हाे।शिरिषकै फूलकाे कुरा गराै सकबरी शुरूमा प्रेममा तठस्थ बिद्रोही जस्ताे देखिन्छ।कथाकाे अन्तिम तिर अबशादले भरिन्छ अर्थात प्रेममा ट्राजेडी हुन्छ।रमेस बिकलकाे अबिरल बग्दछ ईन्द्रावतीकाे पात्रहरू केही हदसम्म बिद्रोही छन् बिद्रोही हुदा हुँदै पनि कमजाेर देखिन्छन् ।पात्रहरू कमजाेर देखिनु वा कमजाेर बनाउनु बिस्तारित र बिषादपूर्ण कुरा हाे।समयक्रममा श्रृखलाबद्ध रूपमा अाएका उपन्यासहरूमा पल्पसा क्याफे,घामका पाईला,कर्णाली ब्लुज,सेताे धरती, वल्लीकाे डायरी,सपनाकाे समाधी ,सकस,हुँदै दमिनी भिर र त्याे भन्दा पछिका अघिका दर्जनाै उपन्यासका पात्रहरूमा अाईपुग्दा बिघटनता कमजाेर र निराशाउन्मूखताकाे लामै जमघट देखिन्छ।तर समाजमा भएकाे थिचाे मिचाे अन्याय माथी बाेल्न सक्ने बाेल्न सिकाउने र बिजयी प्राप्त गर्न सक्ने पात्र खाेईत?
समयकाल,जटिल परिस्थिती र सत्यलाई वकालत गर्ने अाफ्नै काबुमा पार्न साहस गर्ने याेद्धाकाे चित्रण कुन उपन्यासमा गरिएकाे छ?दृढ साहस भएकाे लक्ष्य प्रती संघर्ष गर्न सिकाउने अथवा प्रेरित गर्ने जटिल परिस्थितीलाई परास्त र सामना गर्न सक्ने पात्रकाे खाेजी कहाँ भएकाे छ?अबकाे समयकाे कथाहरूमा निराशाबाद दुखी कमजाेर पात्रहरू मात्र हैन बेग्लै खालकाे साहस शक्ति,उर्जा र तागत दिने,देशलाई सहि दिशातिर लैजान नेतृत्वदायी भूमिका निर्बाह गर्न सक्ने बेग्लै खालकाे साहस साैर्य जीबन्त दृष्टिकाेण भएकाे पात्र र नायकहरूकाे खाेजी गरिनु अाजकाे उपन्यासकाे धर्म देखिन्छ।