दोलखामा भएको जेसिभी दुर्घटनामा रामेछाप गेलुका युवकको मृत्यु

दोलखामा भएको जेसिभी दुर्घटनामा रामेछाप गेलुका युवकको मृत्यु

दोलखामा भएको जेसिभी दुर्घटनामा रामेछाप गेलुका एक युवकको मृत्यु भएको छ । दोलखाको उत्तरी सिंगटी बजार नजिकै जेसिभी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

शनिबार राति भएको दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ गेलु घर भएका ३० बर्षिय चालक सुदम पौडेल खत्रीको घटनास्थलमै मृत्यु भएको हो । सिंगटीको कालिनाग मावि सिंगटी नजिकै दुर्घटना भएको हो ।

बागमती प्रदेश ०१–००४ क ५४४० नम्बरको बिन्दबासिनी निर्माण सेवाको जेसिबी राति सिंगटी बजारवाट बञ्चरेतर्फ जाने क्रममा सडकवाट तल खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार