प्रादेशिक अस्पताल रामेछाप अस्पतालमा चिकित्सक अभावका कारण रोकिएको प्रसूतिजन्य शल्यक्रिया तथा भिडियो एक्सरे सेवा सुचारु भएको छ । एक महिनादेखी एम.डि.जि.पि चिकित्सक नहुँदा बन्द भएको सेवा बिहिबार(आज)देखि पुनः सुचारु भएको रामेछाप अस्पालले जनाएको छ ।
यो सेवा सुचारु भएसँगै गर्भवती तथा सुत्केरी महिलाहरुलाई राहत पुगेको हो । भिडियो एक्सरे तथा जटिल प्रकारको प्रसूती सेवाका लागि सदरमुकाम स्थित मन्थली अस्पताल जाने बाध्यता अब हटेको हो । अस्पतालमा एम.डि.जि.पि डा. सुमन सिंह कार्की हाजिर भैसक्नु भएकाले निरन्तर रुपमा यो सेवा प्रवाह हुने अस्पताल प्रशासनले जनाएको छ ।


