दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता हुने

दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ मा “दोरम्बा शहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३” आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा विजेताले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीयले १ लाख रुपैयाँ, तृतीयले ५० हजार रुपैयाँ र सान्त्वनाले ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट मिडिल ब्लकर र उत्कृष्ट लिब्रोलाई जनही ३ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले ७ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। टिम दर्ता वैशाख १३ गतेसम्म खुला रहने र प्रतियोगिता वैशाख १५ देखि १८ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतियोगितामा प्रत्येक टिममा १२ खेलाडी, १ कोच र १ व्यवस्थापक अनिवार्य रहनेछ। साथै सहभागी टिमहरूले खाना तथा आवासको व्यवस्था आफैं गर्नुपर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार