रामेछापको रामेछाप नगरपालिका ४ की एक गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । २८ हप्ताको गर्भवती रहेकी वर्ष ३५ की बेलिमाया मगरलाई जटिल अवस्था उत्पन्न भएकाले उहाँलाई तत्कालै हेलिकोप्टरमार्फत उद्धारगरी प्रसूती गृह पठाइएको जनस्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
जनस्वास्थ्य कार्यालय रामेछापले स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौडासगँ समन्वय गरि गर्भवती महिलालाई हवाई उद्दार गरेको हो ।बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्दै आएको छ ।


