घरायसी विवादले लियो ज्यान,रामेछापमा जेठानद्वारा ज्वाइँको हत्या

घरायसी विवादले लियो ज्यान,रामेछापमा जेठानद्वारा ज्वाइँको हत्या

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा घरायसी विवादले उग्र रूप लिँदा जेठानले आफ्नै ज्वाइँको हत्या गरेका छन्। ससुराली आएका ज्वाइँको हत्या गरेर फरार भएका आरोपीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ।

दोरम्बा शैलुङ गाउँपालिका–४ भार्लेका करिब ६० वर्षीय प्रेमबहादुर तामाङ ससुराली गएका बेला उनका जेठान, सोही स्थानका करिब ६० वर्षीय वीरबहादुर तामाङले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ। घटनाको समय मंगलबार बिहान करिब ७:४० बजे रहेको बताइएको छ।

प्रहरीका अनुसार जेठान वीरबहादुर र ज्वाइँ प्रेमबहादुरबीच घरायसी विषयमा विवाद भएको थियो। विवादका क्रममा जेठानले मुक्का प्रहार गरी ज्वाइँको हत्या गरेका थिए र त्यसपछि फरार भएका थिए।

हत्या पश्चात फरार रहेका आरोपी वीरबहादुरलाई मंगलबार बिहान ९:४५ बजे दोरम्बा शैलुङ–४ को खारपानीबाट पक्राउ गरिएको रामेछापका प्रहरी प्रमुख भोलाभट्टले जानकारी दिनुभयो ।

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार