माकुराहरु – कविता

माकुराहरु – कविता

_ कवि नवीन गाउँले 

माकुराहरु
आफ्नै जननिका हत्याराहरु हुन्

जस्ताे कि क्रुरतापूर्वक
फ्याँकिरहन्छ जाल
र पारिरहन्छ सिकार

तपाईं पत्याउनुस् या नपत्याउनुस्
याे चाहिँ साँचो हाे
माकुराहरुले शुरु गरेकाे
त्यही सभ्यताको प्रारम्भ
आज बहुरङ्ग प्रयाेगशालामा
प्रयाेग गरि हिँडेकाछन् मानिसहरू

ठीक यही समय
माकुराहरुले जस्तै मानिसहरु
कङ्क्रिटका पञ्जामा समातिएका
शीत लहरहरुमा
शीतयुद्ध लड्दै छन्
गान्धीवादकाे खिलाफमा
वा भनाैं
माक्र्स र लेनिनका खिलाफमा ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार