७५.०७ अंक सहित मन्थली नगरपालिका जिल्लामै प्रथम

७५.०७ अंक सहित मन्थली नगरपालिका जिल्लामै प्रथम

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा आर्थिक वर्ष २०८१/०८२ मा स्थानीय तहहरूले सम्पादन गरेका गतिविधिहरूको मूल्याङ्कनमा रामेछापको मन्थली नगरपालिका जिल्लामै प्रथम भएको छ ।

आयोगले १७ वटा सूचकका आधारमा गरेको अन्तिम मूल्याङ्कन अनुसार मन्थली नगरपालिकाले ७५.०७ अंक प्राप्त गर्दै रामेछाप जिल्लाका आठ वटा स्थानीय तहहरूमध्ये पहिलो स्थान हासिल गरेको हो ।

मूल्याङ्कनको नतिजा अनुसार रामेछाप नगरपालिका ६६.४४ अंक सहित दोश्रो भएको छ । यसैगरी ६३.८३ अंक सहित उमाकुण्ड गाउँपालिका तेश्रो भएको हो ।

सुनापति गाउँपालिकाले ५९.७९,गोकुलगंगा गाउँपालिकाले ५६.७५,खाँडादेवी गाउँपालिका ५६.१७,लिखु तामाकोशी गाउँपालिकाले ५४.३३ र दोरम्बा शैलुङ गाउँपालिकाले ५१.७० अंक प्राप्त गरेको हो ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार स्थानीय तहहरूको कार्यसम्पादन, वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन तथा सेवा प्रवाह लगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार