रामेछापमा प्रत्यक्ष र समानुपातिक दुबैमा रास्वपा पहिलो

रामेछापमा प्रत्यक्ष र समानुपातिक दुबैमा रास्वपा पहिलो

रामेछापमा प्रत्यक्ष र समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रामेछापमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा पहिलो र एमाले दोस्रो दल बनेको हो।

समानुपातिकमा रास्वपाले २७ हजार ५७० मत, एमालेले १५ हजार ६७३, कांग्रेसले १४ हजार ३८३, नेकपाले १२ हजार ४० मत प्राप्त गरेका छन्। उज्यालो अर्थात् राष्ट्रिय परिवर्तन पार्टीले ८ हजार ३८७ मत, श्रम संस्कृति पार्टीले १ हजार ५८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी १ हजार १६३ मत प्राप्त गरे। एमाले, कांग्रेस र नेकपाका उम्मेदवारले पार्टीको भन्दा बढी मत पाउँदा रास्वपाका उम्मेदवारले भने पार्टीको भन्दा कम मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार