रामेछाप । प्रेस काउन्सिल नेपालबाट मिति २०८२।१०।२० गते इमेलमार्फत प्राप्तद पत्र संख्याः २०८२।०८३, चलानी नम्बर ७०४ को आशय अवगत भयो । प्राप्तत पत्रानुसार २८ पौष २०८२ को ईरामेछाप डटकम अनलाईनमा श्रम अधिकार उल्लंघन गरेको आरोपमा सेतो गुँरास विवादमा शीर्षकमा छापिएको समाचार सम्बन्धी खण्डनलाई प्रकाशन गर्न प्रेस काउन्सिल नेपालको निर्देशानुसार उक्त समाचार उपरको खण्डनलाई प्रकाशन गरिएको छ ।
ईरामेछाप डटकम तालुक निकाय अन्तर्गत रही संविधान, ऐन, कानून, कार्यविधि, मापदण्ड, निर्देशिका र प्रचलित पत्रकारिता आचारसंहिताको अधीनमा रही पेशागत मर्यादाको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्दछ । प्रेस काउन्सिल नेपालले उजुरीकर्ता पक्षको आफूलक्षित समाचारको खण्डन गर्न पाउने कानूनी अधिकारको सम्मान गर्दै उजुरीकर्ताको दावीअनुसार हाम्रो प्रकाशनले संयोजन गरेको समाचार भ्रामक, तथ्यहीन तथा एकपक्षीय नभएको दावी सप्रमाण प्रस्तुत गर्दछौँ ।
जुन विषयका पीडित भनिएका समाचारमा उल्लेखित व्यक्तिहरुसँग गरिएको संवाद र प्राप्तर प्रमाणहरुको आधारमा समाचार लेखिएको हो । अर्कोतर्फ, समाचार प्रकाशन भएको दिन रामेछाप जिल्लाको मालाश्री साप्तााहिक पत्रिकाको प्रकाशक र सम्पादक प्रकाश न्यौपानेले सेतो गुराँस राष्ट्रिय बालविकास सेवा कार्यालय रामेछापमा परियोजनासँग सम्बन्धित सार्वजनिक चासो र सरोकारका विषयसँग सम्बन्धित सूचना माग गर्दै नेपालको संविधान, २०७२को धारा २७, सूचनाको हकसम्बन्धी ऐन, २०६४ दफा ३ र ७ बमोजिम निवेदन लिई कार्यालय जाँदा जिल्ला परियोजना अधिकृत मैया वस्नेरतले निवेदनसमेत दर्ता नगरी केन्द्रीय कार्यालय झम्सिखेलबाट नै लिनुपर्ने जानकारी गराएपछि आफू फर्किएको बताउनुभयो ।
प्रथम दृष्टमा नै जिल्ला परियोजना अधिकृत वस्नेछतले सूचना माग निवेदन कानूनसम्मत दर्ता नगरी केन्द्रीय कार्यालयमा जानू भनी पठाउनुले सूचनाको हकसम्बन्धी ऐन, २०६४ दफा ७ ९१० को ठाडो उपहास गरेको हाम्रो ठहर छ । त्यसपछि जिल्लाका क्रियाशील सञ्चा,र माध्यमका पत्रकारहरुले संयुक्त रुपमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको केन्द्रीय कार्यालय ललितपुर झम्सिखेलमा मिति २०८२।०९।३० गते रितपूर्वक दिई सूचना मागको निवेदन दर्ता ९दर्ता नं। ३२० गराएका थिए । तर कार्यालयले हालसम्म उक्त सूचना उपलब्ध नगराएर सूचनाको हकसम्बन्धी ऐन, २०६४ दफा ७ को ठाडो उल्लङ्घन गरेको छ ।
जसले सेतो गुराँस संस्था कति अराजक, निरङ्कुश र स्वेच्छारी प्रवृत्तिको छ रु भन्नेल कुराको पुष्टि गर्दछ । संस्थाको यस किसिमको हर्कतले नागरिकको सूचनाको हकमाथि नै चुनौती पैदा भएको छ । त्यति मात्रै होइन सेतो गुराँस संस्था अपारदर्शिताको खोल आढेर परियोजनाको नाममा कतै भ्रम त छरिरहेको छैन रु भन्ने् विषयमासमेत संशय पैदा गरेको छ । साथै सूचना अधिकारीलाई सम्बोधन गरी कार्यालयमा दिएको सूचना माग निवेदनानुसार तोकिएको समय सीमाभित्र सूचना दिन सूचना अधिकारीले इन्कार गरेपछि जिल्ला हुलाक कार्यालय र संस्थाको इ(मेलमार्फत पुनः २०८२।१०।२० गते संस्थाकी कार्यकारी निर्देशकलाई सम्बोधन गरी रितपूर्वक निवेदन संप्रेषण गरिएको छ ।
त्यस पत्रानुसार संस्थाले नियमबमोजिम सूचना उपलब्ध नगराएको खण्डमा कानूनअनुसार अघि बढ्नेछौँ । संस्थाले पीडितसँग बसेर आन्तरिक छलफलसमेत नगरी कामबाट हटाइसकेका कर्मचारीलाई विभिन्न् समयमा फरक(फरक मिति राखेर स्पष्टीकरणसमेत झन त्रसित र पीडित बनाउने काम गरेको छ । त्यस कारण संस्थाको यस किसिमको हर्कत र प्राप्तण तथ्य र प्रमाणले हामीद्वारा प्रेषित समाचार झूटो होइन भन्नेह कुरा प्रमाणित गर्न तयार छौँ ।
अझ केन्द्रीय कार्यालयमा दर्ता गराएको सूचना माग निवेदन उपर कानूनी समय गुज्रिदासम्म प्रतिक्रिया नदिनुले यस संस्थाको नियतमाथि थप संशय पैदा गरेको छ भने सार्वजनिक चासो र सरोकारका सूचनाहरुलाई लुकाएर कतै अपारदर्शिता र निरङ्कश प्रवृत्तिलाई प्रश्रय दिई रहेको त छैन रु भन्नेै प्रश्ननलाईसमेत बल पुर्याइरहेको छ । उपलब्ध गराउन मिल्ने सूचनासमयमा उपलब्ध नगराइनु, सूचना नदिनुपछिको चित्त बुझ्दो कारणसहितको जवाफ नदिई सूचनाको हकसम्बन्धी ऐनको समेत ठाडो उल्लङ्न गरी आम नागरिकको सूचनाको हकलाई कुञ्ठित गर्न खोज्नेस जस्ता संस्थाले गरेका गैरकानूनी र असंवैधानिक हर्कतले हामीले संप्रेषण गरेका समाचार भ्रामक, मिथ्या र एकपक्षीय नभएको पुष्टि हुन्छ ।
सम्पादक
ईरामेछाप डटकम ।


