रामेछापबाट रास्वपाका डा. बुढाथोकी निर्वाचित

रामेछापबाट रास्वपाका डा. बुढाथोकी निर्वाचित

रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणना अनुसार बुढाथोकी निर्वाचित हुनुभएको हो । उहाँ २४ हजार ८०८ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुङ्गेलले १७ हजार ६०९ मत पाउनुभयो ।

नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत पाउनुभयो । उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले ७ हजार २०१ मत ल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार