रामेछापमा भोलि हुने मतदानको आवश्यक सम्पूर्ण तयारी पूरा

रामेछापमा भोलि हुने मतदानको आवश्यक सम्पूर्ण तयारी पूरा

रामेछापमा भोलि हुने मतदानको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाको सबै मतदान केन्द्रहरुमा सबै प्रकारका तयारीहरु सकिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएका छ । सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेका छ ।

बुथ निर्माण, सामग्री व्यवस्थापन र सर्वदलीय समन्वयका काम भैरहेको छ । निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार यस निर्वाचनका लागि जिल्लाभर मतदान अधिकृत २३० जना, सहायक मतदान अधिकृत २३० जना, सहायक कर्मचारी ६८४ जना र सहयोगी कर्मचारी १३० जना गरी कुल १ हजार ३७४ जना कर्मचारी परिचालन गरिएको छ।

रामेछापमा दुई नगरपालिका र छ गाउँपालिका गरी ६४ वडा रहेका छन्। जिल्लामा ९६ मतदान स्थल र २२८ मतदान केन्द्र छन्। तीमध्ये ४१ मतदान स्थल अति संवेदनशील, ३५ संवेदनशील र २० सामान्य श्रेणीमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ।

यस निर्वाचनमा रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन् भने २ हजार ४२२ अस्थायी मतदाता छन्। निर्वाचनमा तीन जना स्वतन्त्रसहित १४ राजनीतिक दलका १७ उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचनमा सरक्षा व्यवस्था कडा गरिएकाले ढुक्क भएर मतदान गर्न रामेछाप प्रशासनले नागरीकहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार