अप्रिल अधिकारी
रामेछाप गौश्वारा । जिल्लाको दुर्गम मानिने दोरम्बा शैलुङ गाउपालिका ४ गौश्वाराका स्थानीयलाई अहिले सम्म बनेका सरकाले सामान्य चित्त बुझाउन सक्ने गरि बिकास निर्माणको काम नगरिदिएकोमा गुनासो ब्यक्त गरेका छन । धेरै सरकार वने, ब्यबस्था परिवर्तन भए तर गौश्वारा सधै नि ओझेलमा नै पर्यो स्थानीय रोशन थापा मगरले बताए ।
सरकार धेरै फेरिए, ब्यबस्था फेरियर संघीयता आयो, स्थानीय सरकार बन्यो तर गौश्वाराको स्तर कहिल्यै माथि उठन सकेन सधैको दुर्गम रह्यो स्थानीय कुल बहादुर मगरले गुनासो ब्यक्त गरे । नेपाली काङ्ग्रेस रामेछापबाट प्रतिनिधि सभा सदस्यका उमेदवार रामचन्द्र खड्का संगको भेट्घाट्का क्रममा स्थानीयले एकै स्वरमा भने बिकास भनेको हाम्रो लागि सडक हो ,सडक बनाउन पहल गरिदिनुस । स्थानीय मान बहादुर श्रेष्ठले गुनासो राख्दै भने- “उपयुक्त सडक नहुदा आवत जावत र आयात निर्यातमा सधै सास्ती भयो, जसको कारण गाउँ सधै दुर्गम बन्यो । सडक बनाइदिनुस दुर्गम गाउको ट्याग केही घट्ने छ ।”
सडक त राम्रोसंग पुग्न नसके पछि स्थानीयले बिकासको अर्को सपना छैन । गाउँ सम्म सहज मोटर संचालन हुने सके गाउका लागि ठूलो उपलब्धी हुने थियो एक स्थानीय वृद्धले बताए । उनले भने नेता ज्यु सडक बनाइदिनुस अरुको केही पर्दैन । नागरिकको गुनासो पछि नेपाली काङ्ग्रेस रामेछापबाट प्रतिनिधि सभाका उमेदवार रामचन्द्र खडकाले आफुले चुनाब जिते पनि हारे पनि बाटो बनाउन लागि पर्ने बताए । खड्काले थप्दै भने कहाँ धर्ना बस्नु पर्छ म बस्छु आबश्यक परे तपाइहरुको साथ माग्ने छु ।


