भ्रष्टाचार अन्त्य गर्ने अभियानको नेतृत्व गर्न चाहन्छु : श्यामकुमार श्रेष्ठ

भ्रष्टाचार अन्त्य गर्ने अभियानको नेतृत्व गर्न चाहन्छु : श्यामकुमार श्रेष्ठ

फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट श्यामकुमार श्रेष्ठले पनि मनोनय दर्ता गराउनुभएको छ । हामिले श्यामकुमार श्रेष्ठलाई सोधेका छौँ :

प्रतिनिधि सभामा तपाईको उम्मेदवारी किन ?

म नेता हुनका लागि मात्रै होइन, म पदका लागि मात्रै अहिले उम्मेदवार बनिराखेको छैन। म यो समग्र रामेछाप जिल्लाको समृद्धि र विकास, सुशासन, भ्रष्टाचार अन्त्य गर्ने एउटा अभियान छ, त्यो अभियानको नेतृत्व गर्न चाहन्छु र रामेछापेली दाजुभाइ तथा दिदीबहिनीहरूले म एउटा काबिल क्यान्डिडेटको रूपमा अहिले अगाडि आएको छ भन्ने कुरा आम रामेछापेली मतदाताहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, बुवा–आमाहरू प्रस्ट हुनुहुन्छ। त्यसकारण मेरो जितको आधार यो कुरा सुनिश्चित हो भन्ने म ठान्दछु। र विश्वास गर्छु कि विगतको निरन्तरतामा म विजय हुनेछ र विजय हुने कुरा चाहिँ के हो भने आजको दिनमा, म रामेछापेली जनताको ठुलो विश्वास सहित यहाँको नेतृत्व गर्ने जुन प्रकारको सपना आम रामेछापेली जनताको छ, त्यो नेतृत्व गर्ने सामथ्र्य म राख्नेछु।

यहाँका सबै–सबै प्रकारका स्थानीय रिसोर्सहरू,स्थानीय स्रोत र साधनहरू, यहाँका पर्यटन प्रवद्र्धन गर्ने कुराहरू, यहाँका जलाशय खालका ठुल–ठुला आयोजनाहरू, तपाईँहरूलाई थाहा छ कि छैन— यो भन्दा अघिल्लो कार्यकालमा मैले ठोसे जलाशय आयोजना विद्युतीकरणको लागि १७६० मेगावाटको विद्युतको आयोजनाको प्रस्तावकै म हुँ जुन बेला म सांसद थिएँ। यो अहिले एक ढङ्गले अगाडि बढिराखेको छ। यो तामाकोशीमा भो, सुनकोशी तेस्रो जुन त्यत्तिकै अलपत्र परेर बस्ला कि जस्तो स्थितिमा थियो, सुनकोशी तेस्रो जलविद्युत आयोजना अहिले जीटुजी बंगलादेश सरकार र नेपाल सरकारको बीचमा सम्झौता भएर अगाडि बढ्दैछ। यस प्रकारका ठुल–ठुला परियोजनाहरू, ठोसे कोरिडोर प्रोजेक्ट देखि लिएर यहाँ खानेपानी, बाटो सबैमा अब आगामी दिनमा रामेछापमा जसरी मन्थलीमा काठमाडौँ जोडिएको छ, हामी कालोपत्रे उपभोग गरेर आउँछौँ। पहिला तीन दिन लाग्थ्यो यहाँबाट सहर भनेको राजधानी पुग्नलाई, अहिले तीन घण्टामा आइपुग्ने स्थितिमा त्यो पु¥याइयो। त्यो पु¥याउने प्रतिनिधि को भन्दाखेरि श्यामकुमार श्रेष्ठ, रामेछापेली जनताले जन्माएको एउटा प्रतिनिधि हो भन्ने कुरा आम रामेछापेली जनसमुदायमा स्पष्ट छ ।

म विगतमा निर्वाचित भएर गएँ, म गृहराज्य मन्त्री बन्छु भनेर मैले सोचेको पनि थिइन, तर जनताले सोचेको थियो। जनताले प्रतिनिधि बनाइसकेपछि म गृहराज्य मन्त्रीको तहमा पुगेँ। आजका दिनमा पनि जनता भन्छन्, अब रामेछापको खास अर्थमा नेतृत्व गर्ने तहमा तपाईँ भन्दा विकल्प हामीले देखेका छैनौँ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार