फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ नेपाली काँग्रेसपार्टीबाट रामेछापमा रामचन्द्र खड्काले मनोनयन दर्ता गराउनुभएको छ । एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन । सबै उम्मेदवारभन्दा उमेर र अनुभवले निखारिएका खड्कालाई त्यागि,निष्ठावान र नैतिकवान नेताको रुपमा चिनिन्छ । हामिले रामचन्द्र खड्कालाई सोधेका छौँ :
प्रतिनिधि सभामा तपाईको उम्मेदवारी किन ?
उमेरका कारणले म अरु उम्मेदवारहरूभन्दा सबैभन्दा जेठो होला तर जेठो हुँदै गर्दाखेरि पनि एउटा कुरा के हो भने मान्छे विचार र सक्रियतामा निर्भर गर्छ । मैले पार्टी सभापति हुँदाखेरि पनि इथिक्समा पार्टी चलाएँ । म माननीय भएँ भने म तपाईँहरूको मार्फत म के आग्रह गर्छु भने म यो चोटि भन्दा अर्को चोटि दोहो¥याएर लड्दिन।
राजनीतिकर्मीहरू, कांग्रेसलाई मात्र होइन, कुनै पनि राजनीतिकर्मीहरूलाई कलङ्क लाग्न दिने छैन। दोस्रो कुरा के हो भने हामी जित्ने मान्छे, जसले जित्यो त्यसले एउटा पार्टीको, एउटा पार्टीको नि गुटभित्रको जस्तो मान्छे जस्तो भएर जाने हाम्रो परम्परा छ। यो म कुनै माननीयलाई मात्र भन्दिन। हामी वडा सदस्यदेखिको लिएर हाम्रो प्रधानमन्त्रीसम्म पनि त्यो हाम्रो चलन छ, म त्यसलाई रामेछापमा अन्त्य गर्नेछु।
म कुनै पनि विकास योजना सबै पार्टीको साझेदारीमा न्यायका आधारले छनोट गरेर एउटा प्रक्रियाको थालनी गर्छु। त्यसपछाडि जाने पहुँचको दुरुपयोग चाहिँ म कुनै हालतमा हुन दिन्न, कसैको पनि विरुद्धमा भनेर म एउटा अठोट लिएर हिँडेको हो।
हाम्रो यो ठुलो भू–भागभित्र आर्थिक संकटका कुराहरू उठेका छन्। म स्पष्ट रूपमा भन्छु पैसा खर्च गरेर म चुनाव लड्ने मेरो हैसियत छैन । मलाई साथीहरूले तँ सित पैसा छैन किन चुनाव लड्छस् भन्दाखेरि मैले भनेँ, पैसा हुनेले मात्र राजनीति गर्यो भने के हुन्छ हालत ? त्यसकारण पैसा नहुनेलाई पनि रामेछापको जनताले जिताउँछन् कि जिताउँदैनन् भनेर म हेर्न आएको हुँ ।
म एउटा शिक्षक ब्याकग्राउण्डबाट आएको मान्छे हुँ । म निष्ठाको राजनिती गर्ने व्यक्ति हुँ । म मेरो विचार सबै नागरीकहरु समक्ष पु¥याउँछु। उहाँहरूले पुरस्कार दिनुहुन्छ, दण्ड दिनुहुन्छ, जे दिनुहुन्छ म त्यसलाई स्वीकार्छु ।


