जगदीश घिमिरे स्मृति पुरस्कारबाट साहित्यकार पवन र मिना सम्मानित

जगदीश घिमिरे स्मृति पुरस्कारबाट साहित्यकार पवन र मिना सम्मानित

जगदीश घिमिरे स्मृति प्रतिष्ठानले प्रदान गर्दै आएको पुरस्कारबाट दुई जना साहित्यकार सम्मानित भएका छन । शनिबार सदरमुकाम मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृति साहित्यिक सभा कार्यक्रममा यस बर्षको पुरस्कार साहित्यकार पवन आलोकलाई प्रदान गरिएको छ ।

प्रतिष्ठानले गत बर्षको पुरस्कार भने साहित्यकार मिना चौलागाईलाई प्रदान गरेको हो । दुबै जना साहित्यकारलाई ५१ हजार राशीको पुरस्कार सहित सम्मान गरिएको हो ।

प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरे लगायत कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथीहरुले पुरस्कार हस्तान्तरण गर्नुभयो । प्रतिष्ठानले यसका विद्यार्थीहरु विचमा बक्तृत्वकलाको समेत आयोजना गरेको हो । बक्तृत्वकला प्रतियोगितामा नागकन्या माविकी छात्रा सन्ध्या माझि प्रथम,लिटिर स्टारकी छात्रा संगिता थापा द्धितिय,नागकन्या माविकी छात्रा रोनिका माझि तृतिय भएका छन । कर्कलादेवी स्कुलकी छात्रा गरिमा नेपाली,मन्थली माविकी छात्रा मन्जिता कार्की र लिटिल स्टारकी छात्रा समिक्षा दंगाल सान्त्वना भएका छन ।

मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यmममा स्थानिय तथा राष्टियस्तरका साहित्यकारहरुले कविता,गजल,मुक्तक प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्ने वक्क्ताहरुले साहित्यकार जगदीश घिमिरेको योगदानको चर्चा गरेका थिए ।

मल्टिपल माईलोमा क्यान्सरबाट पिडित भएपछि घिमिरेले २०६३ साल देखि हरेक बर्षको हिउँदमा रामेछापको मन्थलीमा साहित्य सम्मेलनको आयोजना गरी राष्ट्रिय तथा स्थानीय साहित्यकार एकाकार गरी साहित्यको चर्चा गर्ने गरेका थिए । घिमिरेको २०७० साल कात्र्तिक १४ गते क्यान्सरका कारण ओम अस्पताल काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार