मागभन्दा आधा मात्रै आवेदन, रामेछापमा निर्वाचन प्रहरी भर्नाको म्याद थप

मागभन्दा आधा मात्रै आवेदन, रामेछापमा निर्वाचन प्रहरी भर्नाको म्याद थप

रामेछापमा निर्वाचन प्रहरी भर्नाका लागि तोकिएको समय थप गरिएको छ। मागअनुसार आवेदन नपरेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले सूचना जारी गर्दै भर्नाको म्याद दुई दिन थपेको हो।

पहिले बिहिबारसम्मको म्याद तोकिएको भर्नामा मागको करिब आधा मात्रै आवेदन परेपछि समय शनिबार (माघ ३) सम्म थपिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला प्रसाद भट्टले जानकारी दिनुभयो ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा कुल १४२९ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा हालसम्म करिब ७ सयको हाराहारीमा मात्रै आवेदन परेको कार्यालयले जनाएको छ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने र शारीरिक रूपमा स्वस्थ रहेका नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्ने व्यवस्था छ। छनोटमा पूर्व सुरक्षाकर्मी, पूर्व वनरक्षक र विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा कार्य गरेका व्यक्तिलाई प्राथमिकता दिइने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार