रामेछापको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा खुल्ला वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । साँघुटार युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ हुने प्रतियोगिता यहि माघ २ गतेदेखी ५ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ८१ हजार १ सय ११ को साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले रु. ४१ हजार १ सय ११ को साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
तृतीय हुने टिमले रु २१ हजार १ सय ११ को साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । सान्त्वना हुने टिमले रु. ८ हजार १ सय ११ को साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
हिमगंगा माविको खेल मैदानमा प्रतियोगिता संचालन हुने आयोजकले जानकारी दिएको छ । टिम दर्ता शुल्क ४ हजार १ सय रुपैयाँ लाग्नेछ भने माघ १ गतेसम्म टिम दर्ता गर्न सकिने बताइएको छ ।


