मन्थलीमा देउरालीका एक पुरुषको शव फेला

मन्थलीमा देउरालीका एक पुरुषको शव फेला

रामेछापको मन्थली नगरपालिका १ रणजोर खोला नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बुधबार(आज) विहानै उनको शव फेला परेको रामेछाप प्रहरीले जानकारी दिएको छ । मृतक रामेछाप नगरपालिका २ का जयबहादुर रैकामगर रहेको खुलेको छ ।

रैकामगर मन्थलीमा नै बसोवास गर्दै आएका थिए । प्रहरीले उनको मृत्यूको बारेमा अनुसन्धान अघी बढाएको छ । प्रारम्भिक अनुसन्धानमा मादक पदार्थ सेवन गरी सुतेको अवस्थामा रातीको चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यू भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको छ । मृतकको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार