“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद”भन्ने मुल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा यहि मंसिर ११,१२ र १३ गते भएको आठौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको हो ।
गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा ३० स्वर्ण, १५ रजत र १८ कास्य पदक प्राप्त गर्न सफल भएको हो । प्रतियोगितामा द्धितिय भएको जनता मावि कोलन्जोरले ९ स्वर्ण, १८ रजत र १२ कास्य पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा तृतिय भएको मावि भंगेरीले ५ स्वर्ण, ९ रजत र १० कास्य पदक जित्न सफल भएको छ ।
प्रतियोगितामा चौथो भएको हिमगंगा माविले ८ स्वर्ण,५ रजत र ५ कास्य पदक जितेको हो । पाँचौ भएको सारदा संस्कृत मावि बाबियाखर्कले ४ स्वर्ण,४ रजत र ७ कास्य पदक जितेको हो । हरेक वर्ष गौरीशंकर माविले यो प्रतियोगिताको उपाधी जित्दै आएको छ । आठौँ पटक उपाधी जित्दै गौरीशंकर माविले ईतिहास रचेको हो ।
रामेछाप नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स,छात्र÷छात्रा रिले दौड,तेक्वान्दो ,हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरु खेलाईएको थियो । प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की लगायत कार्यक्रमका आतिथीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयोे ।



