रामेछापको मन्थली नगरपालिकामा ८ औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ ।
बिहीबार मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिताको उद्घाटन गर्नुभयो।
नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता मङ्सिर ६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नगरभित्रका २० वटा माध्यमिक विद्यालय सहभागी भएका छन्।
प्रतिस्पर्धामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, उसु र कराँते लगायतका खेलहरू समावेश छन्।


