विश्व बाल दिवसको अवसरमा रामेछाप नगरपालिकामा विभिन्न कार्यक्रम गरिएको छ । माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता,माध्यमिक विद्यालयस्तरीय बिज्ञान प्रदर्शनी प्रतियोगिता र आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको हो ।
शैक्षिक सुधारमा स्थानिय तहको भूमिका विषयक शिर्षकमा भएको माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय भंगरीकी छात्रा जेशिका श्रेष्ठ प्रथम,गौरीशंकर माविका छात्र प्रेम बहादुर खड्का द्धितिय,कालिका माविकी छात्रा शिक्षा पौडेले तृतिय र सितलादेवि माविकी छात्रा शान्ता पुलामी मगरले सान्त्वना स्थान हासिल गर्नुभयो । यो प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना स्थान हासिल गरेका छात्रछात्राहरुलाई क्रमश नगद ८ हजार ५ सय ,६ हजार ५ सय,४ हजार ५ सय र ३ हजार ५ सयको साथमा प्रमाण पत्र प्रदान गरिएको हो ।
माध्यमिक विद्यालयस्तरीय बिज्ञान प्रदर्शनी प्रतियोगितामा जलकल्याण मावि प्रथम,जनता मावि दोश्रो,गौरीशंकर मावि तेश्रो र पटनादेवि माविले सान्त्वना स्थान हासिल गरेको हो । यो प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना स्थान हासिल गरेका छात्रछात्राहरुलाई क्रमश नगद १० हजार,७ हजार,५ हजार र ३ हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको हो ।
आधारभूत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जलकल्याण मावि प्रथम,गंगालाल एकेडेमि द्धितिय,गौरीशंकर मावि तृतिय र हिमगंगा मावि सान्त्वना हुन सफल भयो । यो प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना स्थान हासिल गरेका छात्रछात्राहरुलाई क्रमश नगद १० हजार,७ हजार,५ हजार र ३ हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको हो ।
प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई कार्यक्रमका अतिथीहरुले पुरस्कार प्रदान गर्नुभयो । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई,शिक्षा विकास तथा समन्वय ईकाइ रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेल र श्री दिप बहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष कमल विक्रम कार्कीले पुरस्कार प्रदान गर्नुभएको हो ।
श्री दिप बहादुर कार्की स्मृति प्रतिष्ठान र हेल्फ फर रामेछाप ईभिको सहयोगमा रामेछाप नगरपालिकाले विश्व बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिताहरु आयोजना गरेको हो । कार्यक्रममा विद्यार्थी,शिक्षक,नगरका जनप्रतिनिधी,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,नगरका कर्मचारी,पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम मावि भंगेरीको प्राङ्गणमा भएको थियो ।


