रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलकी ७२ वर्षीया वृद्धा भिमा लक्ष्मी खड्काको हत्या गरी फरार रहेका २६ वर्षीय दिलीप खड्का पक्राउ परेका छन ।
उनलाई मंगलबार दिउँसो दोलखाको मेलुङ गाउँपालिका ७ बाट प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याइदै गरेको रामेछापका प्रहरी प्रमुख एवं डिएसपी भोला कुमार भट्टले जानकारी दिनुभयो ।
सोमबार गएराति करिब साढे १० बजे दिलीपले भिमा लक्ष्मीको धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए । उनले रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडेका थिए ।
त्यहाँका स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतक भिमाको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको छ ।


