“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछापको गोकुलगंगा गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
यहि मंसिर १९,२० र २१ गते ३ दिन प्रतियोगिता संचालन हुने गाउँपालिकाले एक सुचना मार्फत जानकारी गराएको छ । प्रतियोगिता कमलादेवी मावि नामाडीको प्राङगणमा हुनेछ । प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स लगायतका खेलहरु खेलाईनेछ ।
प्रतियोगितामा गाउँपालिकाभरीका माध्यमिक विद्यालयका खेलाडिहरुले सहभागिता जनाउनेछन । मंसिर १७ गतेभित्र सबै विद्यालयहरुलाई खेलाडीको नाम दर्ता गराईसक्न गाउँपालिकाले अनुरोध गरेको छ ।



