“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
यहि मंसिर ११,१२ र १३ गते ३ दिन प्रतियोगिता संचालन हुने नगरपालिकाले एक सुचना मार्फत जानकारी गराएको छ । प्रतियोगिता रामेछाप बजार नजिकै रहेको टुँडिखेल खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स लगायतका खेलहरु खेलाईनेछ । प्रतियोगितामा नगरभरीका १३ वटै माध्यमिक विद्यालयका खेलाडिहरुले सहभागिता जनाउनेछन ।



