स्वास्थ्य क्षेत्रमा गरिएको कार्यक्रमहरुको मुल्याङ्रकनमा रामेछापको ८ वटा स्थानिय तहहरुमध्ये उमाकुण्ड गाउँपालिका पहिलो भएको छ । गत बर्ष भरि गरिएका स्वास्थ्यका कार्यक्रमहरुको विभिन्न सुचकाङ्कमा गरिएको मुल्याङ्रकनमा उमाकुण्ड सर्वोकृष्ट भएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा ८ वटै स्थानिय तहका स्वास्थ्य शाखा संयोजकले प्रगति विवरण प्रस्तुत गरेका थिए ।
जिल्लाकै मन्थली नगरपालिका दोश्रो र सुनापति गाउँपालिका तृतिय भएको हो । प्रथम,दोस्रो र तृतिय स्थानमा पर्न सफल पालिकाका (स्वास्थ्य संयोजक) हरुलाई सम्मान तथा प्रमाणपत्र समेत हस्तान्तरण गरिएको जनस्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कार्यक्रम स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशका निर्देशक डा. नरेन्द्र कुमार झा को अध्यक्षतामा भएको थियो ।
जिल्ला समन्वय समिति रामेछापका उप प्रमुख प्रेम सागर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा विकास समन्वय ईकाई प्रमुख नेत्र प्रसाद गजुरेल,जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका निमित्त कार्यालय प्रमुख यशोदा बराल,पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक कुमार घिमिरे लगायतको उपस्थिती रहेको थियो ।


