रामेछापको सुनापति गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

रामेछापको सुनापति गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

रामेछापको सुनापति गाउँपालिकामा आईतबार (आज)देखी सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको उद्धघाटन गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले गर्नुभयो ।

पालिकाभरीका ८ वटा माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएको उपाध्यक्ष गिता विष्टले जानकारी दिनुभयो । प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ ।

प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका विभिन्न खेलहरु खेलाईने छ । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गर्ने जिल्लाका ८ वटा पालिकामध्ये सुनापति गाउँपालिका पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार