मन्थली बचतकोे २८ औ बार्षिक साधारण सभा सम्पन्न

मन्थली बचतकोे २८ औ बार्षिक साधारण सभा सम्पन्न

रामेछाप जिल्लाको पुरानो सहकारी संस्थाले आफनो २८ औ बार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्धारा प्रस्तुत संस्थागत प्रतिवेदन,सचिव हिमाल ढुँगेलद्धारा प्रस्तुत साँगठनिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिबेदन सर्ब सम्मत रुपमा पारित गरेको छ ।

समाजसेवी स्वर्गिय जगदीश घिमिरेको अगुवाईमा ११ जना संस्थापकहरुबाट आरम्भ भएको उक्त सहकारीले २८ बर्षमा आईपुग्दा १ अर्व ३२ करोड ४२ लाख ४५ हजार ९ सय रुपैयाँ बरावरको सम्पति आर्जन गर्न सफल भएको अध्यक्षको प्रतिवेनमा उल्लेख गरिएको छ । संस्थाले गत एक बर्षको अवधिमा कुल १ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।

जिल्ला सहकारी संघका उपाध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको साधारण सभामा बोल्ने सबै जसो बक्ताहरुले आम शेयर सदस्यहरुले संस्था र त्यसका संचालकहरुको ब्यवहारमा निग्रानी गर्न सुझाएका थिए । सो अवसरमा उनिहरुले पछिल्लो समयमा कतिपय सहकारी संस्थाहरु संचालकहरुको गतिविधिका कारण बद्नाम भएका र उनिहरुका कारण अन्य संस्थाहरु प्रति पनि सर्व साधारणले हेर्ने दृष्टिकोण खराब बन्दै गएकोले यसका संचालक हरुलाई पनि गम्भिर भएर काम गर्नका लागि आग्रह गरेका थिए ।

सो क्रममा अतिथि बक्ताहरुले सहकारीले निति र विधिका आधारमा लगानीका आधारमा आफना खराव क्रणीको सूचिमा परेकाहरुबाट संस्थालाई जोगाएर अघि बढ्नु संस्थाका लागि चुनौति रहेको भन्दै त्यसका लागि नयाँ संचालक समितिले आत्मा विश्वासका साथ काम गर्नु पर्ने धारणा राखेका थिए ।

साधारण सभाले निवर्तमान अध्यक्ष गाविन्द घिमिरेको अध्यक्षमा आगामी ४ बर्षका लागि नयाँ संचालक समिति समेत गठन गरेको छ । नव निर्वाचित हुनेहरुमा क्रमशः उपाध्यक्ष चन्दा खड्का,सचिवमा हिमाल ढुंगेल,कोषाध्यक्षमा महेश घिमिरे र लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा नविन घिमिरेलाई सर्ब सम्मत रुपमा पारित गरेको छ ।

संस्थाले आफनो साधारण सभा सहकारी मन्त्रालयबाट प्राप्त मापदण्ड भित्र रहेर साधारण तरिकाले सम्पन गरेको नव निर्वाचित सचिव हिमाल ढुंगेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार