नेपाली काँग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस,युवाहरुको विशेष कार्यक्रम

नेपाली काँग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस,युवाहरुको विशेष कार्यक्रम

नेपाली काँग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस सुरु भएको छ । नेपाली काँग्रेस रामेछापको वर्तमान संगठनात्मक अवस्था तथा पछिल्लो राष्ट्रिय राजनीतिक परिदृश्य लाई मध्यनजर गर्दै,रामेछाप काँग्रेससँग आबद्ध युवाहरूले काठमाण्डौँमा विशेष कार्यक्रम गरेका छन ।

सनराईज फुडल्याण्ड मध्येबानेश्वरमा एक कार्यक्रमको आयोजनागरी नेपाली काँग्रेस रामेछापका युवाहरुले आगामी प्रतिनिधिसभा निर्वाचनमा युवाहरुलाई नेतृत्वको अवसर दिनुुपर्ने बताएका छन । उनिहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरेका हुन ।

नेपाल तरुणदलका केन्द्रिय सदस्य रमेश खड्काको संयोजकत्वमा भएको कार्यक्रममा उपस्थित युवाहरुले देशको सबैभन्दा ठूलो जनसांख्यिक संरचना युवामै भएकोले नेतृत्व प्रणाली पुनव्र्यवस्थित गर्न दबाब दिने बताएका छन । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुशिलहरि बख्रेलका अनुसार पार्टीहरूसँग आबद्ध युवा संगठन र विद्यार्थी संगठनहरूले आगामी निर्वाचन तथा पार्टी महाधिवेशनहरूमा युवा पुस्तालाई अग्रभूमिमा ल्याउन जोड दिएका हुन ।

नयाँ पुस्तासँग प्रविधि, विश्वसन्दर्भको बुझाइ, व्यवहारिक नेतृत्व शैली र परिवर्तनका लागि आवश्यक ‘ऊर्जा र गति रहेको भन्दै नेपाली काँग्रेस रामेछापका युवाहरुले अहिले नेतृत्वमा रहेकाहरुले यो कुरालाई बुझेर ‘युवा नेतृत्व’लाई जोड दिनुपर्ने कार्यक्रममा सहभागिहरुले बताएका हुन ।

कार्यक्रममा तरुणदलका केन्द्रिय सदस्यहरु कमान खड्का(दिपेन्द्र),योगेश श्रेष्ठ,विनिती खड्का,नेविसंघका केन्द्रिय सदस्यहरु नारायण श्रेष्ठ,विष्णु खड्का,विष्णुहरि खड्का,चन्द्र थापा मगर,लोकतान्त्रिक खेलकुद समिति रामेछापका अध्यक्ष पुष्कर पौडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार