जेनजी आन्दोलनमा भागेका रामेछाप घर भएका कैदी पक्राउ

जेनजी आन्दोलनमा भागेका रामेछाप घर भएका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका रामेछाप घर भएका एक कैदी भक्तपुरबाट पक्राउ परेका छन् । गत २४ भदौ कारागारबाट फरार भएका २२ वर्षीय देवबहादुर बस्नेत (विष्णु) भक्तपुर नगरपालिका–८ लिवालीमा पक्राउ परेका हुन् ।

रामेछापको मन्थली नगरपालिका–३ घर भएका बस्नेत लागुऔषध मुद्दाका फरार कैदीबन्दी हुन् । २ वर्ष कैद र १ लाख जरिवाना तोकिएको बस्नेत कैद भुक्तान गर्न ६ महिना बाँकी रहेका बेला जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार