रामेछापको रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापमा बारीको कान्लाबाट खसेर एक वृद्धको मृत्यु भएको छ । यहि कातिक ८ गते शनिबार घाँस काट्ने क्रममा धमिनीछापकी वर्ष ७२ की पोेक्चीमाया मगर बारीको कान्लाबाट लडेकी थिईन ।
उनको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई उपचारको लागि रामेछाप अस्पताल ल्याइएको थियो । रामेछाप अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रे पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ ।


