कोठामै मृत फेला परे राम बहादुर

कोठामै मृत फेला परे राम बहादुर

रामेछापको रामेछाप नगरपालिका ७ हिलेपानीका राम बहादुर कार्की आफ्नै घरको कोठामा सुतेकै अवस्थामा मृत पेला परेका छन । आईतबार ५५ वर्षिय कार्की सुतेकै ठाउँमा मृत भेटिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

दुई दिनदेखी उनी सुतेको कोठाको ढोका नखुलेपछि आईतबार ढोका फुटाएर हेर्दा उनी मृत अवस्थामा फेला परेको स्थानियहरुले बताएका छन । अत्याधिक मदिरा सेवनकै कारण उनको मृयु भएको हुनसक्ने बताइएको छ ।

उनी दैनिकजसो मदिरा सेवन गर्ने गर्दथे । उनको शव सोमबार पोष्टमार्टमपछि आफन्तले अन्तिम संस्कारको लागि मन्थली घाटमा लगेका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार