रामेछापमा तिहारको चहलपहल बढ्यो,बजारमा किनमेल गर्नेको भिड

रामेछापमा तिहारको चहलपहल बढ्यो,बजारमा किनमेल गर्नेको भिड

रामेछाप जिल्लामा तिहार नजिकिँदै जाँदा बजारदेखि गाउँसम्म चहलपहल बढेको छ। दीपावली पर्व नजिकिँदै गर्दा स्थानीय बजारहरूमा किनमेल गर्नेहरूको भीड बढ्दै गएको छ।

बजारमा दियो, बत्ती, रंगोलीका रंग, माला, अबिर, फुल, मिष्ठान्न र कपडाका पसलहरूमा ग्राहकहरूको भीड देखिन थालेको छ। विशेषगरी रामेछाप बजार, मन्थली बजार सहितका विभिन्न बजारहरुमा युवायुवती र महिलाहरू तिहारका सामग्री किनमेलमा व्यस्त देखिएका छन्।

तिहारका बेला घरघरमा सरसफाइ, रंगोलि सजावट र झिलिमिली बत्तीको तयारी तीव्र बनेको छ। देउसीभैलो समूहहरू पनि गाउँगाउँमा तालिम र अभ्यासमा जुट्न थालेका छन्।

विद्यालय र क्लबहरूले देउसीभैलो प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरूको तयारी गरिरहेका छन्।व्यवसायीहरूले यस वर्षको तिहारमा व्यापार राम्रो हुने अपेक्षा गरेका छन्।दशैंपछि सुस्त रहेको बजार तिहार लागेसँगै व्यापार फस्टाउँदै गएको मन्थली बजारका व्यापारीहरुले बताएका छन ।

रामेछाप प्रहरीले तिहारका समयमा शान्ति सुरक्षा र बजार अनुगमनमा कडाइ गर्ने जनाएको छ। प्रहरीका अनुसार पर्वका बेला कुनै अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको छ।पारिवारिक भेटघाट, धार्मिक पूजाआजा र मनोरञ्जनको संगम बनेको तिहार पर्वले रामेछापका वासिन्दाहरूमा उत्साह र उमङ्ग थपेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार