खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि कुनौरीले जित्यो

खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि कुनौरीले जित्यो

रामेछापमा शुक्रबारदेखी चलेको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि थ्रिस्टार युवा क्लब मन्थली कुनौरीले जितेको छ । प्रथम हुँदै थ्रिस्टार युवा क्लबले नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको हो ।

प्रतियोगितामा आयोजक बटारे युवा क्लब रामेछाप द्धितिय भएको हो । बटारे युवा क्लबले द्धितिय हुँदै नगद १५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको हो । यसैगरी प्रतियोगितामा हिलभ्यु फुटबल क्लब बिर्ता तृतिय भएको हो ।

बिर्ताले नगद ५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको हो । प्रतियोगितामा ११ टिमले सहभागीता जनाएका थिए । तिहारको अवसरमा प्रतियोगिता आयोजना गरिएको बटारे युवा क्लबका संयोजक दिनेश रायले जानकारी दिनुभयो । फुटबल प्रतियोगिता रामेछाप नगरपालिका ८ को टुँडिखेलमा मैदानमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार