श्रीमती हत्याको आरोपमा रामेछाप मुगानका हायु पक्राउ

श्रीमती हत्याको आरोपमा रामेछाप मुगानका हायु पक्राउ

श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुगानका अन्दाजी वर्ष ६० का ईन्द्र बहादुर हायुलाई प्रहरीले पक्राउ गरेको हो ।

गत बिहिबार घरमै अन्दाजी वर्ष ५८ की चिनिमायाँ हायु मृत फेला परेकी थिईन । शरिरमा चोटपटक र निलडाम सहितको मृत अवस्थामा फेला परेकी हायुको हत्या नै भएको पुष्टि भएको हो ।

उनको हत्या आरोपमा श्रीमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो । पक्राउ परेका हायुलाई जिल्ला अदालतबाट १५ दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार