बीपी राजमार्गमा गाडी चल्न थाले,रामेछाप काठमाण्डौँ दुरी छोटियो

बीपी राजमार्गमा गाडी चल्न थाले,रामेछाप काठमाण्डौँ दुरी छोटियो

अघिल्लो हप्ताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग विभिन्न ठाउँमा मर्मतपछि गाडी चल्न थालेका छन् । क्षतिग्रस्त सम्पूर्ण खण्डमा शुक्रबार बेलुका ‘ट्रयाक’ खुलाएर परीक्षण गरेसँगै शनिबार(आज) बिहानदेखि गाडी चल्न थालेका डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडाबाट रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार बीपी राजमार्गको चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी तथा पिप्लेको चार ठाउँ, माम्तीको दुई ठाउँमा डाइभर्सन निर्माण सम्पन्न गरी आज बिहानदेखि सहज रुपमा गाडी चल्न थालेका छन् ।

कार्यालयले यो राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन ठाउँमा डाइभर्सन निर्माण सम्पन्न गरी ट्रयाक खुलाएको थियो । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा झन्डै चार किलोमिटर सडक कटान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार