नेपालीहरुको महान पर्व दशैँ प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि पुर्र्णिमासम्म मनाइन्छ । यो विशेष गरेर हिन्दु धर्मसँग सम्बन्धित पर्व भएपनि अन्य धर्मावलम्बीहरु जस्तै बौद्ध किरात र केही मुस्लिम धर्म मान्ने मानिसहरुले पनि मनाउने गर्दछ्न। यो पर्व नेपालमा मात्र नभएर नेपाली भाषा बोल्ने नेपाल भन्दा बाहिर स्थायी र अस्थायी रूपमा बसोबास गर्ने प्राय सबै मानिसहरुले मनाउने गर्दछन। विश्वको जुनसुकै स्थानहरुमा बसोबास गर्ने नेपालीहरुलाइ एकताको शुत्रमा बाध्ने काम दशैँ चाडले गरेको छ।
यसपर्वमा शक्ति प्राप्त गर्न देवी दुर्गाको पुजा गरिन्छ। हतियारहरुको पुजा गरिन्छ। विजयको प्रतीक सम्मृद्धिको प्रतिक आरोग्यको प्रतिक रातो टिका र जमरा लगाइन्छ । घटस्थापनादेखि नौ दिन सम्म नौवटा देविहरु शैलपुत्रि,ब्रह्मचारिणि,चन्द्र घण्टा,कुश्माण्डा,स्कन्दमाता,कात्यायनी ,कालरात्रि,महागौरी र सिद्धीदात्रिको पुजा गरिन्छ।
हिन्दु धर्म अनुसार हिमवत खण्डमा पर्ने देशलाई जननी भनिन्छ । इसाइ धर्म परम्परा अनुसार देशलाई फादर बिलम भनिन्छ । इसाई धर्म संस्कृति अनुसार देविको पुजा हुदैन। नारी शक्तिको पुजा हुदैन । हाम्रो जन्मभूमि नै देवि हुन । नारि शक्ति हुन। जन्म भूमिको पुजा गर्ने हाम्रो सनातन संस्कृति नै हो। नारी शक्तिको पुजा हिन्दु धर्म बाहेक जापानमा मनाइने सिन्तो धर्म मा गरिन्छ ।
दशँै चाड स्त्री वा नारी शक्तिको पुजा हो। सम्मान हो । श्रद्धा हो। भक्ती हो। दशैँ पर्वमा पुजा गरिने देविहरु र पाठ गरिने देवि भागवतको अध्ययनबाट प्राचीन कालिन समाजमा नेतृत्व तहमा र सैनिक सेवामा नारिहरुको प्रभाव रहेको पुष्टि हुन्छ।दशैँ पर्वमा नौ दिन सम्म पुजा गरिने देवीहरु नारी शक्तिहरु नै हुन।
उनीहरुले हतियार सहित नै युद्धमा सहभागी भएका प्रमाणहरु धार्मिक पुस्तकहरुमा पाइन्छ ।
महाभारत र राममायणमा कहि कतै दशैँ चाडको उल्लेख छैन।यद्यपि पञ्च पाण्डबहरुले आफू बनवासमा रहदा शक्ति प्राप्तिको लागि देवी दुर्गाको पुजा आराधना गरेको प्रमाणहरु पाइन्छ ।मान्यजनबाट आशिर्वादवाद दिँदा राममायण र महाभारतका पात्रहरूको नाम लिएबाट प्रष्ट हुन्छ,दशँै चाड महाभारत र राममायण भन्दा पछाडि सुरु भएको हो।
समाज विकासको प्रक्रियामा प्राचीन कालमा मातृसत्ता हावी हुँदा परिवारमा समाजमा देशमा र शासन प्रक्रियामा महिलाहरु नै शक्तिशाली थिए ।किनकि त्यस समयमा सन्तानलाइ जन्म दिने,पालन पोषण गर्ने,हुर्काउने,परिवारको रक्षा गर्ने सम्पुर्ण दायित्व नारीहरुकै थियो।नारीहरुले शत्रुको हत्या गर्ने,हतियारको प्रयोग गर्ने, हक अधिकारको रक्षा गर्ने सिमा रक्षा गर्ने सम्पुर्ण कार्यहरु गर्दथे।त्यस समयको समाजमा लिङ्ग विभेद थिएन ।समानता र समताका वहसहरु आवश्यक थिएनन्।
खोजी गर्नुपर्ने अध्ययन अनुसन्धान गर्नुपर्ने विषय कहिलेदेखि र कसरी महिला माथि विभेद भयो र पछाडी पारियो भन्ने हो।केवल उत्सव मनाउने पर्व मनाउने भेट्घाट गर्ने रमाइलो गर्ने मात्र होइन । अद्ययन अनुसन्धान गर्दा चाड पर्ब भित्रको विज्ञान पत्ता लाग्दछ। पर्वहरुलाई संरक्षण र हस्तान्तरण गर्न सहयोग पुग्दछ।
नारी शक्तिलाई पुजा गर्ने सम्मान गर्ने हाम्रो प्राचीन परम्परा हो।काठमाडौं उपत्यकाको नेवार समुदायका मानिसहरुले अहिले पनि देवीको रूपमा कुमारी केटीको पुजा गर्दछ्न।हिमवत खण्डमा पर्ने नेपालमा हिमाल पहाड र तराईका धेरै जसो स्थानहरुमा देविका मन्दिर र मुर्तिहरु छन।तर ती सबै देवी मन्दिरहरुमा नारी पुजारीहरु छैनन् ।ब्राह्मण थर का पुजारीहरु छैनन।आदिवासी जनजातिहरु जस्तै मगर,थारु,हायु,बज्राचार्य, लिम्बु आदि जात का पुजारीहरु छन।
यसबाट प्रष्ट हुन्छ कि शक्ती प्राप्तिका लागि पुरुषले नारीलाई सम्मान गर्दा रहेछन् । पुजा र भक्ती गर्दा रहेछ्न। पुरुषहरु नारीहरु बिना शक्तिहिन र अधुरो बन्द छन।
मानिसमा चेतनाको ज्ञानको र विवेकको विकास भएसगै वर्तमान समयमा नारीहरु युद्धमा सैनिक भएर लड्ने,नेतृत्व गर्ने,प्रशासन चलाउने,न्याय प्रदान गर्ने जस्ता चुनौतीपूर्ण कार्यहरूमा सामेल भएका उदाहरणहरु प्रशस्त छन। माओवादी द्वन्दको समयमा नेपाली नारीहरुले युद्ध लडेका हतियार उठाएका नजीरहरु हामी सँग ताजै छन।त्यस्तै न्यायको नेतृत्व प्रशासनको नेतृत्व र हेड या स्टेटको नेतृत्व गरेका प्रमाणहरु पनि ताजै छ्न। सायद भविष्यमा राज्यको सम्पुर्ण पक्ष र क्षेत्रहरुमा नारी शक्तिको नेतृत्व नहोला भन्न सकिन्न ।इतिहासदेखि वर्तमानसम्म जनगणनाका तथ्य र तथ्यांकहरु अध्ययन गर्दा नारी शक्ति को संख्या धेरै नै छ।
नेपालीहरुको मौलिक र महत्त्वपूर्ण पर्व दशै हो।तर हिजोआज यस चाड माथि केही मुद्धाहरु उठे का छन।ती निम्न अनुसार छन् ।
जनावरहरुको वलि दिने चाडः
दशैमा घरको आँगनमा,देवि मन्दिरमा र मौलोहरुमा हाँस,कुखुरा,राँगा,बोका आदि को बलि दिइन्छ।धार्मिक पुस्तकहरुमा र किँवदन्तिहरुमा बलिको जसरी ब्याख्या गरेता पनि आजको विज्ञान र प्रविधिको युगमा बलि प्रथालाई उपयुक्त मानिदैन।तर यो प्रथा युद्ध अभ्यास हो।तालिम हो।युद्ध लड्ने सैनिकलाई निडर साहसी बनाउन गरिने प्रयास हो।काटमार गर्न सक्ने मानिस निडर साहसी हुन्छ।सक्षम सैनिक बन्दछ। सक्षम सैनिक उत्पादन गर्ने प्रयास हो वलि प्रथा । शक्ति आर्जन गर्ने माध्यम हो वलि प्रथा । यसर्थ फेरिएको परिवेशमा यस प्रथालाई क्रमश परिवर्तन गर्दै जादा उपयुक्त हुन्छ अनिवार्य बनाउनु हुदैन ।
आयातित धार्मिक विचार वा समुहका मानिसहरुले दशँै नमान्न प्रेरित गर्नुः
यो चाड आफन्त तथा इस्ट मित्रहरूसँग भेट्घाट गर्ने दुख,सुख साटा साट गर्ने माध्यम हो।आनन्द प्राप्तिको साधन हो।असल सामाजिक मूल्य र मान्यतालाई निरन्तरता दिने साधन हो।तर युरोप र छिमेकी देश भारतबाट आर्थिक र भौतिक सहयोग गरेर स्थापना गरिएका धार्मिक समूह र विचारहरु जस्तै येसु,ॐशान्ति स्कोन, हरेराम हरेकृश्न ,रामपाल ,कृष्ण प्रणामि आदिले यस पर्व माथी नकारात्मक प्रभाव पारिरहेका छन।
यी धार्मिक समुहहरु नेपालको मौलिक संस्कृती नाश गर्न र समन्वयात्मक आध्यात्मिक वाद्लाइ खलल पारी समाज विभाजन गर्न आयात गरिएका विचारहरु हुन ।यिनिहरुको लक्ष्य समाज् लाई विखण्डन गर्नु र अन्त्यमा इसाइकरण गर्नु नै हो। जेरम्यान सोसिलोजिस्ट म्याक्स मुलर्ले भनेका थिए भारतमा मा कुनै एउटा धार्मिक विचार सिर्जना भयो भने छिट्टै एसिया भरि फैलिइ समाजहरु विभाजित हुन्छन् ।माथी उल्लेखित विचार समुहहरु समाज विभाजन गर्न स्थापना गरिएका हुन ।
मौलिक सनातनी चाडपर्वहरुमाथी हमला गर्न सिर्जना गरिएका हुन। लेखराजबाट स्थापना गरिएको ॐ शान्ति युएनमा दर्ता छ।लेखराज कस्तो प्रष्ट भुमिको ब्यक्ति हुन भनी राख्नु पर्दैन ।इस्कोन युएनमा दर्ता छ। रामपाल जेलमा छन।विना कारण त पक्कै जेलमा राखिएको त होइन होला ? ॐ शान्ति को मुख्य कार्यालय न्युयोर्कमा छ।ॐशान्ति इस्कोन लगाए त अन्य धार्मिक समूहले युएनबाट बजेट प्राप्त गद्छ्र्न।आयातित सबै धार्मिक समूहहरुले एनजिओको रूपमा नेपालमा काम गरिरहेका छन।सनातन संस्कृतीमाथी धावा बोली रहेका छन।यिनिहरुले सित्तैमा वा चियाको मुल्यमा पुस्तक र अन्य प्रचार सामग्रीहरु प्रकाशित गरेर वितरण गरिरहेका छन।तर पुस्तक र प्रचाहरु छाप्न कति र कहाँ बाट पैसा आउँछ कसैले जानकारी लिने प्रयास गर्दैन।
प्राचीन कालिन हाम्रा चाडपर्वहरु त्याग्दै जानू भन्दा यी भित्र रहेका नकारात्मक पक्षहरुको अनुसन्धान गरि सुधार गर्दै जानू बुद्धि मानी हुन्छ ।प्राचीन मौलिक पर्वहरु मान्न छोडनु राम्रो हुँदै होइन।
रातो टीकालाई गलत तरिकाले अर्थ लगाउनुः
रातो टीका नेपालीहरुको मौलिक टीका हो। दशै चाडको विशेष दिन विजया दशमीको दिन लगाइने रातो टीका नेपालीहरुको मौलिक पहिचान हो।यो नेपालमा र नेपालबाट स्थायी वा अस्थायी रूपमा बसोबास गर्न बाहिर गएका मानिसहरुले मात्र लगाउदछन।यो कतैबाट आयातित टीका होइन।प्राचीन कालिन समाजमा अहिलेको भन्दा बढी लडाइँ,झगडा र युद्धहरु हुन्थे ।युद्धमा विजयी हुने पक्षले पराजित भएका सैनिकहरुको छाती चिरेर रगत निकालेर टीका लगाउने गर्दथे।त्यसैको निरन्तरता हो यो। रातो टीका रगतको प्रतीक हो।
युद्धमा विजय प्राप्त गरिसके पछि खुसी र उल्लास मनाउन लगाइने टीका हो । यो रातो टिका। रातो टीका लगाउने प्रचलन नेपालमा बसोबास गर्ने मगर,गुरुङ,राई,लिम्बुहरुको हो। अहिलेको राजनीतिक भाषामा भन्दा आदिवासी,जनजातिको हो।किनकि युद्धमा उनिहरुकै सहभागीता बढी थियो ।रातो टीका ब्राह्मण जातीको होइन । ब्राह्मण जातिका युबाहरु युद्धमा आमने सामने हुदैन थिए। उनीहरुमा युद्ध लड्ने आँट साहस कम हुन्थ्यो ।यसर्थ रातो टीका हामी नेपालीहरुको आफ्नो मौलिक पहिचान र संस्कृति भएकाले कसैले पनि बहिष्कार नगरौ। खुसी मानेर लगाऔँ ।
– लेखक : ढुण्डीराज कोईराला
उहाँ श्री गौरी शंकर मावि रामेछापका सहायक प्रधानाध्यापक हुनुहुन्छ ।